समाचार

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि… पुरा पढौ

पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई… पुरा पढौ

पोखरामा जन्म प्रदत्त एवम् रोग प्रतिरक्षाको कमी सम्बन्धी सचेतना मूलक कार्यक्रम

पोखरामा जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा नेपालका एक मात्र इम्युनोलोजिस्ट डा। धर्मागत भट्टराईले aगरेका थिए । नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा। भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए । विश्वका कतिपय मुलुकमा इम्युन कमी भएका बिरामीको निःशुल्क उपचार भइरहेको अवस्थामा नेपालमा भने स्वास्थ्यकर्मीमा समेत यससम्बन्धी जानकारी… पुरा पढौ

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङखला पोखराको रमणीय स्थल खास्टेताल किनारमा रहेको जेष्ठी बाराही मन्दिर परिसरमा सम्पन्न भएको हो । पोखरा महानगरपालिका वडा नं २६ तथा खास्टेताल टोल विकाश संस्थाको स्थानीय व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा… पुरा पढौ

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

बर्दिबास, १५ वैशाख , पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई… पुरा पढौ

बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी

दीननाथ बराल, पोखरा १५, वैशाख बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो । नारायणगंज क्लबको जितमा मेदी हसन(तोपु) ले ४ गोल र जाकीर हुसेनले एक गोल गर्नु भएको थियो । संघको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गर्नु भयो । पहिलो हापमा दुबै तर्फ… पुरा पढौ

बङ्गलादेशको नारायणगंज क्लबलाई पोखरामा स्वागत, शनिबार बिहान पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल हुने

दीननाथ बराल,पोखरा १४, वैशाख, फोटो पत्रकार सहित बङ्गलादेशको नारायणगंज क्लबका पदाधिकारीलाई पोखरामा स्वागत गरिएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः०० बजे पछि हुने मैत्रिपूर्ण फुटवल खेल्न आएको टोलीलाई आज(शुक्रबार) बेलुका पोखरामा स्वागत गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्याँमकृष्ण थापा, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले बंगलादेशको टोलीलाई नेपाली ढाका टोपीको साथमा खादा समेत लगाउदै स्वागत गर्नु भएको थियो । हुसेन… पुरा पढौ

पोखरामा भोलि हुने एसिया ट्रायथलन कपमा नेपाल सहित १५ देशका ६२ जना सहभागि हुने

दीननाथ बराल,पोखरा १४, वैशाख, पोखरामा भोलि (शनिबार) हुने एसिया ट्रायथलन कपमा नेपाल सहित १५ देशका ६२ जना सहभागि हुने भएका छन् । पर्यटनको राजधानि पोखरामा शनिबार विहान ७ः०० बजे देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा महिला तर्फ २४ जना र पुरुष तर्फ भने ३८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको नेपाल ट्रायथलन संघका उपाध्यक्ष सुमन देवकोटाले बताउनु भयो । प्रतियोगितामा नेपालका भने ९ जना खेलाडीहरुले सहभागि हुने… पुरा पढौ

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा, १४ वैशाख, वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग… पुरा पढौ

विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना

पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतवर्षको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयका माध्यमिक तह इन्चार्ज गणेशबहादुर थापाले बढ्दो उमेरका भाइबहिनीलाई समाज र संगतले लागूपदार्थसँग आकर्षित गर्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्रमुख सहजकर्ताका रूपमा नौलो घुम्ती नेपाल लागूपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्रका सहजकर्ता लक्ष्मण पन्त र सहजकर्तामा रूपेश थापा रहेका थिए ।पन्तले निर्धारित समयमा… पुरा पढौ