पोखरामा हाईलक्स गाडीको ठक्करले २६ बर्षीय एक युवाको ज्यान गयो

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, साउन,

पोखरामा हाईलक्स गाडीको ठक्करले २६ बर्षीय एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ का २६ बर्षीय ईश्वर परियार हाईलक्स गाडीको ठक्करले उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
शनिबार बेलुका ५ः४० बजेको समयमा पोखरा ६ हल्लन चोक स्थित ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक परियारको उपचारकै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ६ः४३ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नु भएको थियो ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोलीले दुबै सवारी साधन र हाईलक्स चालक बर्दिया ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १७ ड्यामसाईड बस्ने ३० वर्ष का सुशिल दहितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्त कुमार शर्माले बताउनु भयो ।