प्रमुख समाचार

एन्फाको निर्वाचनमा सहभागि नहुदा प्रदेश खेलकुद परिषदको चेतावनी

दीननाथ बराल, पोखरा ८, चैत, गण्डकी प्रदेशमा पनि फुटबल प्रशासन र आसन्न निर्वाचनलाई लिएर विवाद चर्किएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी ले आफ्नो मातहतका ११ जिल्लालाई अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा सहभागी नहुन औपचारिक निर्देशन दिएको छ । परिषद्ले कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ र स्याङ्जा जिल्लाका खेलकुद विकास समितिलाई पत्राचार गर्दै एन्फाको आसन्न साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचन कानुनी रूपमा मान्य नहुने स्पष्ट पार्दै उक्त निर्वाचनमा सहभागि नहुदा चेतावनी समेत… पुरा पढौ

पूर्वी नेपालमा जाउँ है पोखरा अभियान

पोखरा, ८ चैत आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ । पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा आयोजना हुन लागेको २१ औं… पुरा पढौ

मारियाको ७ औं अभिभावक दिवस तथादिक्षान्त समारोह सम्पन्न

पोखरा,८, चैत, पोखरा ७ मासबारमा रहेको मारियामन्टेश्वरी प्रि स्कुल एन्ड चाइल्ड केयर सेन्टरको ७ औं अभिभावक दिवस, दिक्षान्तसमारोह सम्पन्न भएको छ । बालबालिकाका विभिन्न प्रतिभा प्रस्फुटन, पुरस्कार वितरण सहित कक्षा युकेजीका विधार्थीको दिक्षान्त समारोहर कक्षा ३ का विधार्थीको विदाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै पोखरामहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले शिक्षाको उपलब्धी विद्यार्थीलेल्याउने नतिजाले नभइ बाल प्रतिभाको खोजी गर्दै उनिहरुको इच्छा अनुसारको शिक्षा प्राप्तगर्नु रहेको बताए । मन्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष रितुपौडेलले मन्टेश्वरीमा शिक्षित बालबालिकाहरु जुनसुकै… पुरा पढौ

भारतका अक्षय कुमार र चाइनाका झाउलाई २१ औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि, महिला तर्फ चाइनाकी कोङलाई (भिडियो)

दीननाथ बराल,पोखरा, ७, चैत, नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउ चेनले जित्नु भएको छ । पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दै समान ७ अंक सहित दुबै जनाले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । https://www.youtube.com/watch?v=ALaExlMSxSo भारतका इमान रम्तेल ८ अंकका साथ तेश्रो हुनु भयो । नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउदै प्रर्दशनका आधारमा परियार छैटौ… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन पोखरामा सम्पन्न, प्रो एमको उपाधि सञ्जय लामाको टिमलाई

पोखरा, चैत ७, सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जय लामाको टिमले १ सय ३९ अंक सहित जितेको छ। सञ्जयले ३४ अंक बनाउँदा एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ३९, गीता गुरुङले ३५ र टेण्डी शेर्पाले ३१ अंक बनाए। प्रो रवि खड्काको टिम १ सय २२ अंक सहित दोस्रो भयो। रविले ३० अंक बनाउँदा सोम गुरुङ र फुर्साङ लामाले समान ३१ तथा श्याम तामाङले ३० अंक जोडे। प्रो भुवन नगरकोटीको टिम १ सय १८ अंक सहित तेस्रो भएको छ। भुवनसँगै… पुरा पढौ

एनटिभिए गण्डकीको अध्यक्षमा रविप्रसाद आचार्य चयन

पोखरा, ७ चैत, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रविप्रसाद आचार्य को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य निर्वाचित भएका छन्। सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन्। अधिवेशनका लागि कृष्णबहादुर थापा को संयोजकत्वमा निर्वाचन… पुरा पढौ

प्याराग्लाईडिङ प्रतियोगितामा भारतका अक्षय कुमार र चीनका झोउ चेन अग्र स्थानमा महिला तर्फ चिनकी कङ सियाङ याङ अग्रह स्थानमा

पोखरा, नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ अन्तर्गत दोस्रो दिनका प्रतिस्पर्धासम्म आउदा चाइनिज खेलाडी र भारतीय खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन् । https://www.youtube.com/watch?v=9jpzRWxbgMs शुक्रबारसम्म आयोजक संस्था ना ले दिएको अंकतालिकाअनुसार एक्यूरेसी पुरुष एकलतर्फ को विधामा भारतका अक्षय कुमार र चीनका झोउ चेन समान ७÷७ अंकसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । त्यसैगरी, भारतका अलिस्तर रुमतेल, मनीष उप्रेती र इमान रुम्तेलले समान ८÷८ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका छन् । नेपाली… पुरा पढौ

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

पोखरा, चैत ६, सूर्य नेपाल गल्फ टुर २०२५(२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन(पार ६९ खेलेका उनले समग्रमा ३(अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे । उनको यो करियर १४औं उपाधि हो। उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे । यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए… पुरा पढौ

फेवा नव बर्ष महोत्सव चैत २९ गतेदेखि हुने, निम्तो गर्न टोली पुर्वी नेपाल जाने तयारी

पोखरा, ६ चैत, पर्यटनको राजधानि पोखरामा २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव यही चैत २९ गतेदेखि हुने भएको छ । होटल संघ पोखरा नेपालले हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा उक्त महोत्सव संचालन गर्ने निर्णय गरेको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले… पुरा पढौ

पोखरामा ४ वर्षपछि सुरु भयो खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप (भिडियो सहित), अन्तर्राष्ट्रिय तनावले खेलाडी सहभागिता प्रभावित

पोखरा, ५ चैत, चार वर्षपछि पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सुरु भएको छ । तर, यसपटक अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान र अमेरिकाबीचको तनावका कारण अपेक्षाभन्दा कम विदेशी खेलाडी सहभागी भएका छन् । https://www.youtube.com/watch?v=9jpzRWxbgMs पोखरा–१८ सराङकोटबाट उडान भरी फेवाताल किनारस्थित खपौदीमा अवतरण गर्ने “एक्युरेसी” विधामा २१औँ संस्करणको प्रतियोगिता आज ( बिहीबार) देखि सञ्चालनमा आएको हो । प्रतियोगितामा ५ देशका १० महिला सहित ६३ जना पाइलटले सहभागिता जनाएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराक्लिकलाई जनाएको छ । यस अघि… पुरा पढौ