प्रमुख समाचार

पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विहिबार देखि हुने (भिडियो सहित) ७ देशका १४ महिला सहित ९० प्याराग्लाईडिङ पाइलट पोखराको आकासमा ..

दीननाथ बराल, पोखरा २, चैत, नवौं राष्ट्रिय खेलकुदका क्रममा निसिम थापाको प्याराग्लाईडिङ उडानको क्रममा दोश्रो दिनमा दुर्घटनामा परी ज्यान गएसंगै स्थगित भएको सोलो प्याराग्लानईडिङ सहितको प्रभावित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही चैत ५ गतेदेखि पोखरामा सुरु हुने भएको छ । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको ९० प्रतिशत तयारी पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=Ynw5cVsMIR4 नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा… पुरा पढौ

पोखरा रात्रि दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा, २ चैत, पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रिदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवासहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आयोजकले प्रतियोगिता अवधिभर हस्पिटललाई आधिकारिक ‘हस्पिटल पार्टनर’का रूपमा समावेश गर्ने सहमति भएको हो । यसका साथै हस्पिटलले प्रतियोगिताको खुलातर्फको… पुरा पढौ

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक स् मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित दुई दिने “माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला” कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री थापाले परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदान–प्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे गहन छलफल हुने विश्वास व्यक्त गरे।… पुरा पढौ

बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट हुने, सहभागिताका लागि आवेदन खुला

दीननाथ बराल,पोखरा, चैत १, तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट आयोजना हुने भएको छ । आगामी वैशाख १८ र १९ गते हुने उक्त कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशका होमस्टे, फार्मस्टे तथा पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई आवेदन दिन हाल आह्वान गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा उक्त कार्यक्रम हुने तयारी गरिएको हो । मार्टमा सहभागी हुन… पुरा पढौ

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा, पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत… पुरा पढौ

कास्कीमा हाल ग्यास र पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या छैन, अनावश्यक स्टक नगर्न प्रशासनको चेतावनी

दीननाथ बराल, पोखरा, ३० फागुन कास्कीमा हाल खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेकोले अनावश्यक रुपमा रूपमा भण्डारण नगर्न कास्की प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । सम्भावित संकटलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अनावश्यकता स्टक नगर्न चेतावनी समेत दिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज (शनिबार) बसेको आपूर्ति समन्वय बैठकले एलपी ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।… पुरा पढौ

पुष्करिणी परोपकार गोकुलधाममा चैत २ देखि श्रीमद् भागवत ज्ञान महायज्ञ हुने(भिडियो सहित), पोखराका सडकमा रहेका ३ सय गाईबस्तु गोकुलधाममा

दीननाथ बराल, पोखरा, ३० फागुन पोखरामा सडकमा छाडिएका गाई–वस्तुको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पुष्करिणी परोपकार गोकुलधामले तेस्रो वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका–१४ बाच्छीबुडुवामा रहेको गोकुलधाम परिसरमा चैत २ गतेदेखि महायज्ञ सञ्चालन गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रमबारे जानकारी दिँदै उत्तः परियोजवानका परिकल्पनाकार एवं भागवत भाष्कर कमलनयन गौतमले महायज्ञमार्फत सङ्कलित सहयोग र दान रकम गौशालामा रहेका गाई–वस्तुको संरक्षण, पालनपोषण तथा गोकुलधामको पूर्वाधार विकासमा खर्च… पुरा पढौ

कास्कीमा कृत्रिम ग्यास अभाव सिर्जना गर्ने एक व्यवसायीलाई ५० हजार जरिवाना सहित कारबाही

दीननाथ बराल,पोखरा ३०, फागुन, कास्कीमा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक ग्यास व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा शनिबार पोखराका विभिन्न स्थानमा रहेका ग्यास डिलरहरूको अनुगमन गर्ने क्रममा पोखराको भण्डारी ट्रेडर्सले उपभोक्तालाई ग्यास वितरण नगरी होल्ड गरेर कृत्रिम अभाव सिर्जना गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । आपूर्ति व्यवस्थापन सम्बन्धी समन्वय बैठकपछि जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले… पुरा पढौ

उजुरी नै नपरे पछि पोखरामा सांसद महाविर पुनलाई दुव्र्यवहार गर्ने विकास गुरुङ हिरासतमुक्त

दीननाथ बराल, पोखरा, २९ फागुन, पोखराको पृथ्वीचोकमा किताब बिक्री गरिरहनु भएको प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनसँग भनाभन गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएको पोखराका विकास गुरुङ हिरासतमुक्त हुनु भएको छ । सांसद पुनबाट औपचारिक उजुरी नआएको तथा मुद्दा अघि बढाउने इच्छा नदेखिएपछि सोधपुछपछि गुरुङलाई हिरासतमुक्त गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पृथ्वीचोकमा सार्वजनिक रूपमा सांसदसँग अभद्र व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धानका लागि गुरुङलाई बुधबार पक्राउ गरिएको थियो ।… पुरा पढौ

पोखराका पूर्व मेयर तथा एमाले नेता कृष्णबहादुर थापाको शनिबार शवयात्रा सहित अन्त्येष्टि गरिने, आइतबार पोखरा महानगरमा सार्वजनिक बिदा

दीननाथ बराल, पोखरा, २९ फागुन पोखरा महानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्णबहादुर थापाको पार्थिव शरीर शनिबार शवयात्रासहित अन्त्येष्टि गरिने भएको छ । थापाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरा महानगरपालिकाले आइतबार महानगरका सम्पूर्ण कार्यालय तथा मातहतका शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ६६ वर्षीय थापाको बिहीबार कास्की क्षेत्र नम्बर–१ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका बेला अचानक ढलेपछि निधन भएको थियो । पार्टी कार्यालयमा आयोजित बैठकमा मन्तव्य राखेपछि कुर्सीमा बस्नु भएको… पुरा पढौ