मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र
पोखरा ५, पुष पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो । पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त…
पुरा पढौ
पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता
पोखरा ५, पुष पोखरा एन्डयुरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता भएको छ । पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं. १३ बीच यस्तो सम्झौता भएको हो । हालसालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा १३ मा नै उक्त प्रतियोगिा आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । खेल मार्फत पोखरा १३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे । वडाबासीलाई…
पुरा पढौ
फुटवयर जोनले शुरू गर्यो जुत्ता ‘एक्सचेन्ज अफर’
पोखरा, ५ पुस नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका छन् । पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छन । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता…
पुरा पढौ
अग्रज तीन पत्रकार एक लाख सहित पुरस्कृत, पत्रकारीता रचनात्मक तर्फ उन्मुख भएको छः पूर्व प्रधानमन्त्री देउवा
पोखरा, ४ पुस नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा.सुरेश आचार्य र पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मा र पूर्व अध्यक्ष कृष्ण बास्तोला पोखरामा पुरस्कृति हुनु भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत पत्रकारलाई नगद सहित ताम्रपत्र र दोसल्लाह ओढाई बुधबार पोखरामा आयोजित समारोहमा उक्त पुरस्कार अर्पण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारको राषि जनही १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पूर्व सांसद, पोखराका उद्योगपति एवं समाजसेवी…
पुरा पढौ
लुम्बिनीमा पर्यटकको चहलपहल
लुम्बिनी, ४ पुष भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा पर्यटकको हिजोआज निकै भिडभाड भएको छ । बुधबार विहानै लुम्बिनी क्षेत्रमा देखिएका स्वदेशी तथा विदेशी पर्यटकको केही झलकहरु । तष्विरः दीननाथ बराल
पुरा पढौ
पोखरामा अभद्र व्यवहार गर्ने तथा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने दश जना पक्राउ
दीननाथ बराल पोखरा ४, पुष पोखरामा अभद्र व्यवहार गर्ने तथा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने दश जना पक्राउ परेका छन्। पोखरा ६ लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने यदि नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको भन्ने गोप्य सूचनाको आधारमा र केहीले स्थानिय एवं प्रहरी माथि अभद्र व्यवहार गरेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार बि.क.ले बताउनु भयो । उहाँका अनुसार वडा प्रहरी कार्यालय वैदाम…
पुरा पढौ
सुमित र सुरोजको जोडी दोश्रो चरणमा
पोखरा ४, पुष बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न उच्च २० बरियता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्वन्दि…
पुरा पढौ
छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट
पोखरा ४, पुष पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा.बि. भू.पू. विद्यार्थी मञ्च गठन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पुर्व…
पुरा पढौ
१९औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा
लेखनाथ,४ पुस लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते (भोलि) देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशततयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्षएवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै…
पुरा पढौ
बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला
पोखरा ४, पुष बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ ।…
पुरा पढौ

