पोखरा ४, पुष
बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न उच्च २० बरियता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।
बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्वन्दि सुनाकोठीका अनिल कुमार महर्जन र राज कृष्ण महर्जनको जोडीलाई २१–१२, १७–२१, २३–२१ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । रिमिक्स क्लबको आफ्नो कोर्टमा भएको प्रतियोगिताको आज दोश्रो चरण प्रवेश गर्नेमा सेनाका सुर्य महर्जन र सुप्रिम पन्थको जोडी सैबु ब्याडमिन्टन क्लबका मधुसुदन थापा र सैलेन्द्र थापाको जोडीलाई २१–७, २१–१३, हेमरिकका मनिष वीर बज्राचार्य निशेष राज शाक्यको जोडीले बालकुमारीका क्यारोन महर्जन र रमन महर्जनको जोडीलाई २२–२०, १४–२१, २१–१९, एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडीले नमुना ब्याडमिन्टन क्लबका राम प्रसाद चौधरी र अशोक कुमार खातीको जोडीलाई २१–१२, २१–१५, ललितपुर वार्ड नं। ६ का गौतम शाक्य र संजय शाक्यको जोडीले एपिएफका प्रदीप सोती र आरुष सिमखडाको जोडीलाई २१–८, २१–१७, बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले कोन्तीका निरजन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१३, २१–१२, एपिएफका अमन महर्जन र अनिल मल्लाको जोडीले सेनाका कविर के।सी। र लक्षम्ण रानाको जोडीलाई १५–२१, २२–२०, २१–९, सैबु ब्याडमिन्टन क्लबका सन बहादुर राई र कमल तामाङ्गको जोडीले भैसेपाटीका बुद्धिमान बुढाथोकी र दिनेश ठकुरीको जोडीबाट वाकओभर, जोरपाटी ब्याडमिन्टन क्लबका लोक लामा र लक्ष्मण सुनुवारको जोडीले हरिशिद्धीका साजन महर्जन र संजीप महर्जनको जोडीलाई २१–११, २१–९, चाकुपाटका सुमन शाक्य र जुवान तण्डुकारको जोडीले ललितपुर वार्ड नं। ६ का रोजल शाक्य र सुमेध शाक्यको जोडीलाई २३–२१, २५–२३, बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीले कैलालीका संदेश पाण्डे र सुवास साउदको जोडीलाई २१–११, २१–१६, चासीडोल ब्याडमिन्टन क्लबका राम लामा र साजन महर्जनको जोडीले बँुगमतीका विनेश महर्जन र कवी तुलाधरको जोडीलाई २१–१९, १४–२१, २१–१२, मानभवनका विभोर लामा र जय राईको जोडीले सुनाकोठीका रविन्द्र महर्जन र राकेश महर्जनको जोडीलाई २१–१८, २१–१६, सैबुका ओमकार गुरुङ्ग र अजय थापा मगरको जोडीले ललितपुर वार्ड नं। ६ का आर्यन शाक्य र संयक शाक्यको जोडीलाई २१–१९, २०–२२, २५–२३, ललितपुरका पुजन चित्रकार र चितवनका अलिष थापाको जोडीले बालकुमारीका सरोज महर्जन र सुरेन्द्र महर्जनको जोडीलाई २१–१३, २१–१२ ले पराजित गरे ।
यस्तैगरी किर्तिपुरका निखिल भट्ट र सेनाका सन्तोष पनेरुको जोडीले बालकुमारीका श्याम महर्जन र दथु राईको जोडीलाई २१–११, २१–११, एपिएफका जोसेफ अधिकारी र भोज बहादुर गुरुङ्गको जोडीले क्लब ७ का सुमन महर्जन र उज्वल शाक्यको जोडीलाई २१–११, २१–१३, एपिएफका सोम्बर चौधरी र बिशाल प्रधानको जोडीले हेमरिकका सिद्धार्थ महर्जन र राकेश शाक्यको जोडीलाई १८–२१, २१–१५, २१–१४, चन्द्रागिरीका माधव ढकाल र प्रनिश ढकालको जोडीले माउण्ट ओलिभ स्कुलका सुमन मावो लिम्बु र रिजन याम्फुको जोडीलाई २१–१८, २१–१७, जोरपाटी ब्याडमिन्टन क्लबका दिवश पाण्डे र युवराज तामाङ्गको जोडीले काठमाण्डौका आयुश साम्ला र आयुश्मान श्रेष्ठको जोडीलाई २१–१७, २१–१७, देवीनगर सर्कलका हेमन्त ऐर र भविष थापाको जोडीले फ्लेक्स फिटनेश सेन्टरका शेखर महत र सुशिल शाक्यको जोडीलाई २१–१७, २१–११, ललितपुरका प्रवचन शाक्य र रोहेन शाक्यको जोडीले सैबुका अर्जुन शाही र पुरुषोत्तम थापाको जोडीलाई २१–१८, २१–९, र बँुगमतीका प्रेमराज शाक्य र अरुण तुलाधरको जोडीले बालकुमारीका साईनिङ्ग बज्राचार्य र किरण महर्जनको जोडीलाई २१–१६, २१–१६ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।
प्रतियोगिताको ललितपुर महानगरापालिकाका मेयर चिरी बाबु महर्जनले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
निर्णायकहरुको तर्फबाट रेफ्रि अनुप रत्न शाक्य र खेलाडीहरुको तर्फबाट रसिला महर्जनले प्रतियोगितालाई स्वक्ष र निस्पक्ष खेलाउने र खेल्ने सपथ ग्रहण लिएका थिए ।
५ दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल ९खुला० गरि ६ बिधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुष एकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उपबिजयी खेलाडीहरुले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजयी जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यु —१७ छात्र÷छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको खर्च करिव ३० लाख रहेकोछ । प्रतियोगितामा २६७ खेलाडीहरुले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराए ।