जिवनशैली पत्रिका

पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता पोखरामै हुने

दीननाथ बराल,पोखरा १९, वैशाख, पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता पोखरामै हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा यही वैशाख २१ र २२ गते पोखरामा सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो । निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी… पुरा पढौ

लिगकम नकाउट फुटवलमा ड्यामसाइड, हेमजा र सहाराको जित

दीननाथ बराल,पोखरा १९, वैशाख, आज (बुधबार) देखि पोखरा रंगशालामा बलराम केसी स्मृति जिल्ला लिगकम नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार भएको खेलमा ड्यामसाइड क्लव, गत बर्षको विजेता हेमजा यूनाइटेड र सहारा क्लवले जित हासिल गरेका छन्।बुधबारकोे पहिलो खेलमा ड्यामसाईडले भदौरे क्लव माथि ४–० को गोल अन्तरले पराजित गर्यो । ड्यामसाइडको जितमा विवेक गुरुङले १, मिलन कुमालले २ र मिलन गिरीले एक गोलको योगदान दिदा भदौंरेले गोल गर्न सकेन । त्यसैगरी उदघाटन खेलमा गत बर्षको विजेता हेमजा युनाईटेडले फुलबारी… पुरा पढौ

समाजवादी निकट एकीकृत ट्रेड युनियनले मनायो मजदुर दिवस

एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश कमिटीले १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र्‍याली सहितको कार्यक्रम गरेको छ । मजदुरहरूका हक हित र नारा अङ्कित प्ले कार्ड र ब्यानर सहितको र्‍याली सृजनाचोकबाट सुरु भई पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज तुलबहादुर गुरुङले व्यवस्था परिवर्तन भए पनि गरिब मजदुर तथा शोषित पीडित जनताको अवस्थामा उल्लेख्य परिवर्तन हुन नसक्नु चिन्ताको विषय भएको बताए । अब पनि राजनीतिक दलहरू र… पुरा पढौ

त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था… पुरा पढौ

कुमारी गोल्ड प्रिमियम शुद्ध चक्की आटा गण्डकी प्रदेश पछि अब चितवन र काठमाण्डौंमा पनि

कुमारी गोल्ड प्रिमियम शुद्ध चक्की आटा गण्डकी प्रदेश पछि अब चितवन र काठमाण्डौंमा पनि बिक्रि वितरण गर्न सुरु भएको छ । पोखराको प्रतिष्ठित औद्योगिक घरना ’कर्माचार्य ग्रुप अन्तर्गत विगत एक वर्ष देखि आफ्नो नयाँ ब्राण्डमा “कुमारी गोल्ड“ प्रिमियम शुद्ध चक्की आटा बजारमा ल्याएसंगै गण्डकी प्रदेशका ११ जिल्लामै पुगेसंगै अब देखि चितवन र काठमाण्डौंसम्म बिक्रि वितरण गर्न सुरु गरेको कम्पनीले जनाएको छ । आफ्ना ग्राहक वर्गको सन्तुष्टि र गुणस्तरलाई संधै पहिलो प्राथमिकतामा राखी आफ्नो उद्योग, व्यवसायलाई अगाडी बढाउदै आईरहेको कर्माचार्य ग्रुपले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’

‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा नेचुरल फुड एण्ड वेभरेज प्रा।लि।द्वारा उत्पादित ‘ग्लेज’ अफिसियल ड्रिङ्किङ वाटरको रुपमा जोडिएको हो । बुधबार सो सम्बन्धी ग्लेजका सञ्चालक विनोद बराल र मञ्चका अध्यक्ष दीननाथ बरालविच समझदारी पत्र आदन प्रदान भएको छ । पोखरा–१३ आर्वामा समुदायस्ततरमा सञ्चालित ग्लेज मुलबाट निस्केको प्राकृतिक मिनरलयुक्त पिउने पानी हो । प्रतिघण्टा ४… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने,भलिवल खेलाडी मन्जुबाट सहयोग

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ ।… पुरा पढौ

गण्डकी प्रदेश सरकार गठन विरुद्ध परेको रिट खारेज,

गण्डकी प्रदेश सरकार गठन विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त रिट खारेज गरेको हो । कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा अधिकारी नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै रिट दायर गर्नु भएको थियो । मुख्यमन्त्री अधिकारीलाई सर्वोच्च अदालतले संसद फेस गर्न भनिएको श्रोतले जनाएको छ । सभामुख सहितको हस्ताक्षरमा नेकपा (एमाले) संसदीय… पुरा पढौ

डढेलोले पुर्‍याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह

विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ। यसका कारण कैयौं जङ्गली जीवजन्तुको मृत्यु भएको र बास स्थान मासिएको तथा मानव समेत घाइते भएका विवरणहरू समेत प्राप्त भएका छन्। यो क्रम निरन्तर जारी रहेमा वातावरणीय प्रदुषण बढ्नुका साथै मानव बस्ती समेत जोखिममा पर्ने र वायुप्रदुषणको स्तर अत्याधिक बढ्दै जाने देखिन्छ। यसरी… पुरा पढौ

रियाको पहिलो शतक ः कालिका र सिद्ध विजयी

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता… पुरा पढौ