कुमारी गोल्ड प्रिमियम शुद्ध चक्की आटा गण्डकी प्रदेश पछि अब चितवन र काठमाण्डौंमा पनि बिक्रि वितरण गर्न सुरु भएको छ । पोखराको प्रतिष्ठित औद्योगिक घरना ’कर्माचार्य ग्रुप अन्तर्गत विगत एक वर्ष देखि आफ्नो नयाँ ब्राण्डमा “कुमारी गोल्ड“ प्रिमियम शुद्ध चक्की आटा बजारमा ल्याएसंगै गण्डकी प्रदेशका ११ जिल्लामै पुगेसंगै अब देखि चितवन र काठमाण्डौंसम्म बिक्रि वितरण गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहक वर्गको सन्तुष्टि र गुणस्तरलाई संधै पहिलो प्राथमिकतामा राखी आफ्नो उद्योग, व्यवसायलाई अगाडी बढाउदै आईरहेको कर्माचार्य ग्रुपले उत्पादन गरेको उक्त शुद्ध चक्की आटा खानको लागि एकदम नरम र स्वादिष्ट रहेको कम्पनीका प्रबन्धक बुद्धिसागर भण्डारीले बताए । यो आटामा कुनै पनि किसिमको मैदा तथा अन्य पदार्थ नमिसिएको शतप्रतिशत (१०० % ) शुद्ध चक्की आटा भएको उनले दाबी गरे ।
हाल कुमारी गोल्ड चक्की आटा मुलतः कर्माचार्य ग्रुप अन्तर्गतको भातृ व्यापारिक संस्था कर्माचार्य फुड ग्रेण्स कम्पनी प्रा.लि मार्फत् बजारमा ल्याएको हो । उक्त चक्की आटा यस कम्पनीले केही समय पछि नेपाल अधिराज्यभर बिक्री वितरण गर्ने योजना बनाएको छ ।
छोटो समयमै ग्राहकहरुको मन जित्न सफल भएको कुमारी गोल्ड चक्की आटा खानको लागि अत्यन्तै स्वस्थकर, स्वादिष्ट र तुलनात्मक रुपमा सर्व सुलभ मुल्य भएको भन्ने समेत ग्राहकहरुवाट प्रतिक्रिया आईरहेको कम्पनीले जनाएको छ । उक्त आटा २ केजी र ५ केजीको रुपमा बजारमा उपलब्ध भएको छ ।