जिवनशैली पत्रिका

आशिर्वादको महाप्रभुधाममा आगमी १५ गते भजन कृतन प्रतियोगिता

पोखरा, १३ मंसिर, आशिर्वाद क्लब अफ नेपालको आयोजनामा आगमी १५ गते पोखरा–१३, आर्वा महाप्रभुधाममा भजन कृतन प्रतियोगिता तथा महाआरती हुँदैछ । सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै धार्मिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष अर्जुन बरालले वताए । विहीवार सम्म १५ जनाको समुह सहभागी रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि दर्ता शुल्क २००० तोकिएको छ । सहभागि टोलीले आफ्नो वाद्यवाद्यनको व्यवस्था स्वंयम आफैँले गर्नुपर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा सहभागिको प्रकृतिको दौरान, स्टेजको ताल अधिक भएको… पुरा पढौ

पोखरा रंगशालामा यही मंसिर १५ गते निःशुल्क ध्यान शिविर हुने

पोखरा १२, मंसिर, पोखरामा यही मंसिर १५ गते (शनिबार) निःशुल्क ध्यान शिविर हुने भएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः३० बजे देखि दुई घण्टा संचालन हुने उक्त शिविरमा सहभागि हुन आव्हान गरिएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त शिविरमा हिमालय समर्पण ध्यानकेन्द्रका प्रणेता महर्षि श्रीशिवकृपानन्द स्वामीजीको सहजीकरणमा ध्यान हुने भएको हो । नेपालमा अध्यात्मक ज्ञान प्राप्त गर्नु भएको स्वामी नेपाल भ्रमण वर्ष २०२० का पर्यटन सद्भावना दूत तथा आध्यात्मिक गुरुका रुपमा विश्वमै परिचित हुनु… पुरा पढौ

शान्ति निकेतन स्कूलमा स्पोर्ट्स मीट सुरू, अभिभावकले बालबालिकालाई खेलमा लाग्न अभिप्रेरित गर्नुपर्छु गुरूङ

पोखरा १२, मंसिर, पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन स्कूलमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ । स्पोर्ट्स मीटको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले ब्यानरमा हस्ताक्षरसँगै कार्यक्रम संयोजक सुरज अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे । उपाध्यक्ष गुरूङले अध्ययन सँगसँगै खेलकुदमा पनि विद्यार्थीकालबाटै लाग्नुपर्नेमा जोड दिँदै यसका लागि अभिभावकले नै प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए । ‘खेल जीतको लागि मात्र पनि होइन, सहभागिता नै महत्वपूर्ण छ । अरुमाथि जित्ने भन्दा पनि आफैमा अझै राम्रो गर्न संघर्ष गर्ने,… पुरा पढौ

विश्व कप क्रिकेटको भेनु पोखरा हुनलाई न्यूनतम ३ करोडको भौतिक संरचना आवश्यक, आईसीसी प्रतिनिधिको टोली सकरात्मक

दीननाथ बराल, पोखरा १२, मंसिर, विश्व कप क्रिकेटको आधारभूत पुर्वाधार निर्माण भए काठमाण्डौं पछि दोश्रो रोजाईमा भने पोखरा पर्ने सम्भावना बढी रहेको छ । पोखरामा आएको आईसीसी प्रतिनिधिले टोलीले पोखरामा केही आधारभूत भौतिक संरचाना निर्माण भए पोखरामा काठमाण्डौको त्रिभुवन विश्व बिद्यालयकोे क्रिकेट मैदान पछि पोखरा उपयुक्त स्थान हुन सक्ने आशय व्यक्त गरेको हो ।पर्यटकीय नगरी पोखरा आफैमा शुन्दर छ यहाँ क्रिकेट मैदान पनि राम्रै अबस्थामा रहेको छ तर केही भौतिक पूर्वाधार निर्माणको अभावमा भने अन्तराष्टिय देखि वल्र्ड कप खेलाउनको लागि… पुरा पढौ

राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव

पोखरा, १२ मङ्सिर पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोहका बीच आज सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा आयोजित कार्यक्रमको राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले उद्घाटन गर्नुुभयो । कार्यक्रममा भागवत् भाष्कर गौतमले गुुरुकुलका माध्यमबाट समाजको रुपान्तरणका लागि योगदान गर्न सकिने बताउँदै त्यसतर्फ लाग्नुु जरुरी भएको बताउनुुभयो । पोखरामा हाल नौवटा गुरुकुल सञ्चालनमा… पुरा पढौ

१७ औं हिसान स्पोर्टस मिट पोखरामा जारी ः बास्केटबल छात्रातर्फ प्रतिभा मावि विजेता

पोखरा १२, मंसिर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा मावि पहिलो स्थान हात पारेको छ । मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको हो । पहिलो स्थान भए संगै प्रतिभाले ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अङ्क जोडेकोे हिसान कास्कीका सचिब किरण… पुरा पढौ

पोखरा १३ मा एन्डुरो रेस सुरु, साहसिक खेलले पोखराको पर्यटन प्रबद्र्धन हुन्छ, मन्त्री थापा

पोखरा १२, मंसिर पोखरा १३ का अर्वाजिवय गाँउमा आज(बुधबार) देखि एन्डुरो रेस सुरु भएको छ । शुक्रबारसम्म चल्ने प्रतियोगिताको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरामा साहसिक खेलको प्रबद्र्धन गर्न सके खेल पर्यंटनको अथाह सम्भावना रहेको दाबी गरे । जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने उनले बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

पोखरा, १२ मंसिर होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ । होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप ९इन्स्योर० परियोजनाले उक्त कार्यक्रम आयोजना गरेका हुन् । कमाउँदै सिक्दै भन्ने मान्यता अनुरुप इन्स्योर अन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम ९अप्रेन्टिसिप० संचालनको क्रममा आइपर्ने समस्यालाई कसरी निराकरण गरेर लैजान सकिन्छ भन्ने बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा संघ… पुरा पढौ

बुधबार देखि पोखराको आर्वाबिजय गाँउमा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु हुने

दीननाथ बरालपोखरा ११, मंसिर पोखरामा बुधबारदेखि सुरु हुने दोश्रो संस्करणको पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा १३ देशका ५९ साइक्लिस्टले सहभागि जनाउने भएका छन् । मंसिर १२ देखि १५ गतेसम्म पोखरा महानगरपालिका– १३ को आर्बा–विजयडाँडामा संचालन हुने उक्त प्रतियोगितामा नेपाल सहित १३ देशका ५९ जना साइक्लिस्टहरुको सहभागिता हुने भएको प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले बताउनु भयो । प्रतियोगितामा नेपाल सहित भारत, सिंगापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया, श्रीलंका, फिलिपिन्स तथा न्युजिल्यान्ड, चाइना लगायतका देशका साइक्लिस्टको सहभागिता हुने भएको उहाँले जनाउनु भयो ।… पुरा पढौ

विश्वकप क्रिकेटका केही खेल पोखरामा हुन सक्ने सम्भावनाले आईसीसीको टोली पोखरामा

दीननाथ बराल, पोखरा ११, मंसिर, विश्वकप क्रिकेटका केही खेल पोखरामा हुन सक्ने सम्भावनाले यति वेला आईसीसीको टोली पोखरामा रहेको छ । नेपालमा सन् २०२७ मा हुने महिलाहरुको यु–१९ वल्डकप क्रिकेट प्रतियागिताका केही खेलहरु पोखरामा समेत हुन सक्ने सम्भावनाको खोजि गर्न आईसीसीको एक टोली हाल पोखरामा आएको हो । नेपालले महिला यू—१९ विश्व कप क्रिकेट आयोजना गर्ने भए पछि पोखरामा पनि यसको कति सम्भावना छ भनेर आईसीसीको टोली पोखरा आएको क्यान गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । पोखरामा केही थोरै… पुरा पढौ