आशिर्वादको महाप्रभुधाममा आगमी १५ गते भजन कृतन प्रतियोगिता

-


     पोखरा क्लिक     
     मंसिर १३ गते २०८१ मा प्रकाशित


पोखरा, १३ मंसिर,

आशिर्वाद क्लब अफ नेपालको आयोजनामा आगमी १५ गते पोखरा–१३, आर्वा महाप्रभुधाममा भजन कृतन प्रतियोगिता तथा महाआरती हुँदैछ । सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै धार्मिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष अर्जुन बरालले वताए ।

विहीवार सम्म १५ जनाको समुह सहभागी रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि दर्ता शुल्क २००० तोकिएको छ । सहभागि टोलीले आफ्नो वाद्यवाद्यनको व्यवस्था स्वंयम आफैँले गर्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिको प्रकृतिको दौरान, स्टेजको ताल अधिक भएको समूहलाई विशेष प्राथमिकता दिइनेछ । सहभागिको संख्या, प्रस्तुति, गायनका शब्द र लय, कथामा प्रवेश, शब्द चयन, वाद्यवाद्यनसँगको सम्बन्ध, भेषभुषा, झाँकी तथा श्रृंगार, नृत्य, अभिनय एंव अनुशासनलाई मूल्याङकनको मुख्य आधार रहेको अध्यक्ष बरालले जानकारी दिए । प्रत्येक समूहलाई प्रस्तुतिका लागि १२ देखि १५ मिनेटको समय दिइनेछ ।

प्रतियोगितामा प्रथम हुने समुहलाई रु. चालीस हजार, द्धित्तिय हुने टोलीलाई रु. पच्चीस हजार र तृतीया हुने समुहलाई रु दश हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बरालले बताए । यसका साथै वाद्यवाद्यन, नृत्य र भेषभूषाका लागि अतिरिक्त पुरस्कारको रुपमा प्रत्येक समूहलाई रुं पाँचहजार र सबै सहभागी समूहलाई (विजयी समूह बाहेक) सम्मान स्वरुप रु. चार हजार प्रदान गरिने अध्यक्ष वरालले जानकारी दिए । क्लबले विगतदेखि नै थुप्रै कार्यक्रमहरु गदैं आएको छ । क्लबले विगतमा निःशूल्क आँखा शिविर, आर्शिवाद साहित्यिक साँझ, कविता वाचन प्रतियोगिता, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्विन वितरण कार्यक्रम, खेलकुद तथा शैक्षिक सामग्री वितरण तथा भलिबल प्रतियोगिता लगायत सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष बरालले भने ।



This will close in 20 seconds