जिवनशैली पत्रिका

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

पोखरा १८, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका… पुरा पढौ

ओझेलमा परेका तिर्थस्थल चिनाउन पोखरामा कोटि होम हुने

पोखरा, १७ भदौ, पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्री सहितको विराट धन धान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो । सोमबार कोटी होमबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशक पछि पोखरामा कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमिहुँदै जाँदापोखरा… पुरा पढौ

पोखराको लामाचौरमा राष्ट्रिय भलिबल भोलि देखि, महिला तर्फको उद्घाटन खेलमा गण्डकी र एपिएफ भिड्ने

पोखरा, १७ भदौ, लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २… पुरा पढौ

मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

दीननाथ बराल, पोखरा १७, भदौ, गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ । आज (सोमबार) अपरान्ह मन्त्री मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो । नेकपा एमालेका ४ जना मन्त्रीलाई आज नै मुख्यमन्त्री पाण्डेले नियुक्ति गर्नु भएको थियो । उहाँहरुको सपथ ग्रहण पश्चात मन्त्री गुरुङ सपथ… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीद्धारा सपथ ग्रहण

दीननाथ बराल,पोखरा, १७ भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरु नियुक्त भएसंगै उहाँहरुले आज नै सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गरेसंगै सोमबार नै उहाँहरुले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालयको सभा हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेलाई ४ सहित ९ मन्त्रालय हुने

दीननाथ बराल,पोखरा १६, भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेलाई ४ सहित ९ वटा मन्त्रालय बनाइने भएको छ । गण्डकी प्रदेशको आइतबार (आज) बसेको क्याविनेट बैठकले प्रदेशमा हाल कायम रहेको ७ मन्त्रालयबाट थप २ मन्त्रालय बढाई ९ मन्त्रालय पुर्याउने निर्णय गरेको हो । नेपाली कागेंसको भागमा ५ मन्त्रालय परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । मन्त्रालय ७ वटा भए पनि संरचना भने ९ मन्त्रालयमा मन्त्री बाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्यहभार… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता ः मन्त्री थापा

पोखरा १६, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी हुनेमा उनी विश्वस्त छन् । गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध… पुरा पढौ

मिस मगर नेपालको सकियो ट्यालेन्ट राउण्ड, ग्राण्ड फिनाले २२ गते

पोखरा, १६ भाद्र, सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुती राखे । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकमा राहुल थापा मगर, जसु… पुरा पढौ

गण्डकी विश्वविद्यालय द्वारा अरुणा शाहीलाई सम्मान

गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका हुन् । कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो । हालै काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन… पुरा पढौ

टेवानले पोखरामा तीज सांस्कृतिक महोत्सव गर्ने

पोखरा, १६ भदौ, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२… पुरा पढौ