जिवनशैली पत्रिका

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने

पोखरा, १९ पौष, पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन… पुरा पढौ

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितिको १३ औं साधारण सभा सम्पन्न

पोखरा १९, पुष, नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समितीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले समितिका उपाध्यक्ष सु.शेर बहादुर गुरुङलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका संरक्षक याम बहादुर गुरुङले ब्यवसायीहरुले संस्थाको हित हुने गरी ब्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । संस्थाले ब्यवसायीहरुलाई हित हुने काम गर्ने भएकाले ब्यवस्थित र मर्यादित ढंगले ब्यवसायीहरु अगाडी वढे संस्था मजबुद हुने उनको भनाइ रहेको थियो । ब्यवसायीहरु पूर्वाग्रही नभइकन एक अर्काबीच… पुरा पढौ

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

पोखरा १९, पुष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको… पुरा पढौ

सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेको गुनासो

पोखरा,१९ पुष, पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि ( महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन्। शुक्रबारदेखि पोखरामा शुरु भएको प्रकृति मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकार प्रति असन्तुष्टि प्रकट गरेका हुन्। अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले ब्यापक बायु प्रदुषणकाकारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गर्दै यसरी नै वातावरण माथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्ने चेतवानी दिए। मानव र प्रकृतिको… पुरा पढौ

गण्डकी प्राविधिक शिक्षालय स्थापनाका लागि कोईका र गण्डकी प्रदेश बीच १ अर्ब २४ करोडको सम्झौता

दीननाथ बराल, पोखरा १९, पुष, कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय बीच “गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नू भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा उक्त कार्यक्रम भएको हो। https://www.youtube.com/watch?v=DGBDM-4bM9g कोरियाली सरकार मार्फत कोईकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर अर्थात करिब नेपाली १ अर्ब… पुरा पढौ

चर्चित बाल गायक सचिन परियार रहेनन

काठमाण्डौं १८, पुष, चर्चित बाल गायक सचिन परियारको आज(विहिबार) उपचारको क्रममा निधन भएको छ । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले श्रोतले जनाएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग नचल्ने गरी समस्या उत्पन्न भएको थियो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । सामाजिक… पुरा पढौ

पोखरामा सुरु भयो २० औं लेखनाथ महोत्सव, आर्थिक विकासमा नीजि क्षेत्रसंग सरकारले सहकार्य गर्छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा १८, पुष, गण्डकी प्रदशको राजधानि पोखरामा आज (बिहिबार) देखि २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ सुरु भएको छ । आउँदो माघ १ गतेसम्म पोखराको तालचोक तथा डाडाँकोनाक क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गर्दै नीजि क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए । कोभिड पछि देशको खस्कदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने उनले बताए । नेपालको पर्यटन… पुरा पढौ

कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया

१७ पुष ,पोखरा, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले स्वास्थ्य नागरिक नै सम्ब्रिद्दीको प्रमुख आधार भएको हुदा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्बेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । कास्की सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत… पुरा पढौ

विज्ञहरुको सुझाव विश्व बिद्यालयसंगको सहकार्यमा नाष्टले अनुसन्धान र खोज गर्न आग्रह

दीननाथ बराल,पोखरा १७, पुष, नेपालको आर्थिक बिकास र समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी गर्न विज्ञहरुले सुझाव दिनु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ– प्रतिष्ठान (नाष्ट) नाष्टको पुन संरचना सम्बन्धमा राय सुझावको लागि बुधबार पोखरामा भएको विज्ञहरूसंगको अन्तरक्रियात्मक गोष्ठीमा सहभागि विज्ञहरुले नेपालको आर्थिक बिकास र समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा उचित लगानी गर्न सुझाव दिनु भएको हो। नेपालमा बिज्ञान र प्रविधिको समुचित प्रयोग गर्न नसकेको र यसमा राज्यले समेत उचित लगानी गर्न नसक्दा यसबाट फाइदा लिन… पुरा पढौ

लेखनाथ महोत्सव बिहिबारबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, १७ पुस, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले… पुरा पढौ