
दीननाथ बराल,
पोखरा १७, पुष,
नेपालको आर्थिक बिकास र समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी गर्न विज्ञहरुले सुझाव दिनु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ– प्रतिष्ठान (नाष्ट) नाष्टको पुन संरचना सम्बन्धमा राय सुझावको लागि बुधबार पोखरामा भएको विज्ञहरूसंगको अन्तरक्रियात्मक गोष्ठीमा सहभागि विज्ञहरुले नेपालको आर्थिक बिकास र समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा उचित लगानी गर्न सुझाव दिनु भएको हो।

नेपालमा बिज्ञान र प्रविधिको समुचित प्रयोग गर्न नसकेको र यसमा राज्यले समेत उचित लगानी गर्न नसक्दा यसबाट फाइदा लिन नसकेको विज्ञहरुको भनाई थियो । शैक्षिक प्राज्ञिक थलोलाई राजनीतिबाट पूर्ण रुपमा अलग राख्न सुझाव दिदै प्रधानमन्त्रीलाई कुलपति राख्ने परिपाटीको अन्त गरी यस क्षेत्रको विज्ञ व्यक्तिलाई नै उपकुलपतिको जिम्मेवार दिनुपर्ने सहभागिहरुको भनाई छ ।
नाष्टका उपकुलपति प्रा.डा.दिलीप सुब्बाले नाष्टले बिज्ञान प्रविधिको प्रबद्र्धन सहित सभा सम्मेलन ज्ञान आदन प्रदान गर्दै आए पनि शिक्षण भने कम हुने गरेको बताउनु भयो । अनुसन्धानलाई विश्व बिद्यालयहरुमा समावेस गर्दै आजका आवश्यकता अनुसारको गुणस्तरिय शिक्षा दिन नाष्टले धेरै सुधार गर्नुपर्ने उहाँले जनाउनु भयो ।
पोखरा विश्व बिद्यालयका रजिष्टार प्रा.डा. दिपक बहादुर भण्डारीले नाष्ट जस्ता शैक्षिक केन्द्रहरुलाई पूर्ण रुपमा राजनीतिक मुक्त मनाउदै कुलपति विज्ञबाट छनौट हुनुपर्ने माग गर्नु भयो । प्रधानमन्त्रीले बर्षमा एक दिन पनि उक्त बैठकमा प्रयाप्त समय दिन नभ्याउने हँुदा उक्त सिनेट बैठक बर्षको ४÷५ वटा बस्नु पर्ने भएकोले गर्दा पनि राजनीतिक व्यक्ति राख्दा समसया भएको उहाँले जनाउनु भयो ।
गण्डकी विश्व बिद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले नाष्टको कार्यप्रगती र भावी कार्यक्रम माथि मुल्यांकन र समीक्षा गर्नुपर्नेमा जोड दिनु भयो । प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले प्रदेशको सम्भावनाको आधारमा संघिय सरकारले लगानी गर्नु पर्ने बताउनु भयो । बजेटको हिसावले राजनीति विना नाष्टको लक्ष्य र उद्धेश्य पूरा नहुने हँुदा यसमा हाल रहेको कुलपति प्रधानमन्त्री रहने प्रावधान उपयुक्त भएको धारणा व्यक्त गर्नुभयो ।
नाष्टका सचिव डा.रविन्द्र प्रसाद ढकालले प्राप्त सुझावलाई मनन गर्ने बताउनु भयो । युवालाई रोजगार दिन पनि अनुसन्धान केन्द्र आवश्यक भएको उहाँले बताउनु भयो । यस बर्ष ५० करोडको बजेट मध्य ३० प्रतिशत रिसर्चमा खर्च हुने बाँकी ७० प्रतिशत प्रशासनिक तथा पूर्वाधार निर्माणमा खर्च हुने जनाउनु भयो ।
नाष्टका प्राज्ञ एवं सांसद दिनेशचन्द्र देवकोटा, बरिष्ठ बैज्ञानिक डा.रामचन्द्र पौडेल, नाष्टका प्रवक्ता डा.सुरेस ढुंगेल लगायतले नाष्टलाई प्रभावकारी बनाउन विश्व बिद्यालयहरुसंगको सहकार्य गर्न आग्रह गर्नु भयो ।