गण्डकी प्राविधिक शिक्षालय स्थापनाका लागि कोईका र गण्डकी प्रदेश बीच १ अर्ब २४ करोडको सम्झौता

-


     पोखरा क्लिक     
     पौष १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १९, पुष,

कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय बीच “गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नू भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा उक्त कार्यक्रम भएको हो।

कोरियाली सरकार मार्फत कोईकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर अर्थात करिब नेपाली १ अर्ब २४ करोड खर्च गर्ने भएको छ । परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने भएको छ । यो परियोजना कोईका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्ने भएका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेदीखोलामा निर्माण गरिने उक्त भवनको शिलान्यास गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास यवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, कोईका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङ, र फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी लगायतको सहभागिता रहेको थियो ।

यो परियोजनाको मुख्य उद्देश्य २१ औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन हुने मुख्यमन्त्री पाण्डे बताउनु भयो । परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम (त्ख्भ्त्) नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पु¥याउने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

कोईकाले ४,६३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । यसमा कक्षा कोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ ।

साथै, कोईकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानिय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरिया बीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै उक्त परियोजनाको सफलताका लागि पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो । कोईका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले यो परियोजनाले युवाहरू, महिला र व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताउनु भयो । उहाँले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो।

मन्त्री थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने र जसले अन्ततः देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपाल सरकारलाई लगातार सहयोग गरेकोमा कोईका प्रति धन्यवाद व्यक्त गर्नु भयो ।