जिवनशैली पत्रिका

चर्चित बाल गायक सचिन परियार रहेनन

काठमाण्डौं १८, पुष, चर्चित बाल गायक सचिन परियारको आज(विहिबार) उपचारको क्रममा निधन भएको छ । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले श्रोतले जनाएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग नचल्ने गरी समस्या उत्पन्न भएको थियो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । सामाजिक… पुरा पढौ

पोखरामा सुरु भयो २० औं लेखनाथ महोत्सव, आर्थिक विकासमा नीजि क्षेत्रसंग सरकारले सहकार्य गर्छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा १८, पुष, गण्डकी प्रदशको राजधानि पोखरामा आज (बिहिबार) देखि २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ सुरु भएको छ । आउँदो माघ १ गतेसम्म पोखराको तालचोक तथा डाडाँकोनाक क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सवको उद्घाटन गर्दै नीजि क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए । कोभिड पछि देशको खस्कदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने उनले बताए । नेपालको पर्यटन… पुरा पढौ

कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया

१७ पुष ,पोखरा, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले स्वास्थ्य नागरिक नै सम्ब्रिद्दीको प्रमुख आधार भएको हुदा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्बेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । कास्की सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत… पुरा पढौ

विज्ञहरुको सुझाव विश्व बिद्यालयसंगको सहकार्यमा नाष्टले अनुसन्धान र खोज गर्न आग्रह

दीननाथ बराल,पोखरा १७, पुष, नेपालको आर्थिक बिकास र समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी गर्न विज्ञहरुले सुझाव दिनु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ– प्रतिष्ठान (नाष्ट) नाष्टको पुन संरचना सम्बन्धमा राय सुझावको लागि बुधबार पोखरामा भएको विज्ञहरूसंगको अन्तरक्रियात्मक गोष्ठीमा सहभागि विज्ञहरुले नेपालको आर्थिक बिकास र समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा उचित लगानी गर्न सुझाव दिनु भएको हो। नेपालमा बिज्ञान र प्रविधिको समुचित प्रयोग गर्न नसकेको र यसमा राज्यले समेत उचित लगानी गर्न नसक्दा यसबाट फाइदा लिन… पुरा पढौ

लेखनाथ महोत्सव बिहिबारबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, १७ पुस, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले… पुरा पढौ

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ गते हुने

पोखरा,१७ पुष, प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ ।प्रेस सेन्टर कास्कीको आज बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारी समेत तय गरेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ । त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ । कास्कीको अधिवेशन… पुरा पढौ

अगेंजी नयाँ बर्षलाई पोखरामा भव्य स्वागत

दीननाथ बराल,पोखरा १७, पुष, पर्यटनको राजधानि पोखरामा अग्रेंजी नयाँ बर्ष सन २०२५ लाई आतिसबाजि सहित भव्य स्वागत गरिएको छ । पोखरामा संचालन भएको पोखरा सडक महोत्सवको अवसरमा मंगबलार राति १२ः०० बजे पोखरामा आतिसबाजी सहित भव्य स्वागत गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । पोखरामा जारी २६ औं संस्करणको सडक महोत्सवको अवसरमा महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षण सहित नयाँ अग्रेंजी बर्ष २०२५ को स्वागतार्थ आतिसबाजी गरिएको उहाँले जनाउनु भयो । अघिल्ला बर्ष झै यस बर्ष पनि विधि… पुरा पढौ

सामुदायिक वन उद्योग दर्ताको अभावमा वन बढेलो बड्यो

गण्डकी, १७ पुस, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित वन उद्यम, विकास पर्यापर्यटन विषय अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक बर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताउँनुभयो । “हिँउदको मौसममा वन क्षेत्र सुक्का हुने र पात पतिङगरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो” उहाँले भन्नुभयो,“… पुरा पढौ

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पोखरा, १७ पुस, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् । निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

पोखरा, १७पुस, कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुकोसुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।… पुरा पढौ