जिवनशैली पत्रिका

पोखराबाट सरकार विरुद्ध खबरदारी अभियान, जनअपेक्षा अनुसार काम गर्न दबाब

पोखरा, असार १३, पछिल्लो समय सरकारविरुद्ध सडकबाट विरोधका कार्यक्रम तुलनात्मक रूपमा कम भइरहेका बेला पोखराबाट भने सरकारलाई खबरदारी दिने अभियान सुरु गरिएको छ। ‘परिवर्तनका लागि नयाँ सोच र खोज अभियान’ को आयोजनामा शनिबार पोखराको अमरसिंहचोकमा आयोजित सभामार्फत सरकारलाई जनअपेक्षाअनुसार तथा निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिइएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका गण्डकी प्रदेश संयोजक डा.निरञ्जन कोइरालाले सरकारले जनताले अपेक्षा गरेअनुसार सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने बताए। उनले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्न… पुरा पढौ

गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी दुई दिने पोखरामा प्रादेशिक सम्मेलन सम्पन्न

पोखरा, १३ असार, रातो बङ्गला फाउन्डेसन, ललितपुको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी रु’ विषयक दुई दिने प्रादेशिक सम्मेलन पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (शनिवार) सम्पन्न भएको छ । सम्मेलनका साझेदार संस्थाहरुमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, कुमुदिनी होम्स र रातो बङ्गला स्कुल ललितपुर रहेका थिए । दोस्रो दिन पनि विभिन्न कक्षहरूमा छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएका थिए। प्लेनरी चरणमा रातो बङ्गला फाउन्डेसनका… पुरा पढौ

दीपशिखामा टेक एज युथ परियोजना सकियो

पोखरा , पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत डेढ वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको शनिवार समापन गरिएको छ । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको दीपशिखा सामुदायिक पुस्तकालयले रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना सँंगको सम्झौता बमोजिम पिछडिएका, प्रविधिको पहँुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किसोरकिसोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना युथहरुलाई तालिम दिएर समापन गरिएको थियो । पुस्तकालयको सभाहलमा… पुरा पढौ

पोखराको फिष्टेल ड्रिम पार्कमा थपियो साहसिक खेल ‘स्विङ’ (भिडियो सहित) सबै सिजनमा पर्यटक आकर्षण

दीननाथ बराल,पोखरा, १३ असार, पोखरामा विगत ५ बर्षदेखि पर्यटकीय आकर्षणका रूपमा स्थापित फिष्टेल ड्रिम पार्कले यस बर्ष साहसिक खेल ‘स्विङ’ (पिङ) सञ्चालनमा ल्याएको छ । हरेक वर्ष जसो केही न केही नयाँ मनोरञ्जनात्मक गतिविधि थप्दै आएको पार्कले यसपटक युवापुस्ता तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्विङ सञ्चालनमा ल्याएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=hJLVsI1iOa0&t=318s पार्कमा सञ्चालनमा आएका जायन्ट स्विङ, डिलक्स स्विङ, इलेक्ट्रिक स्विङ र बेबी स्विङ ले साहसिक खेलप्रेमीका लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीका निर्देशक कमल बस्नेतले बताउनु… पुरा पढौ

प्रदेश सरकार प्रारम्भिक बालशिक्षाको सुधारमा प्रतिबद्ध, पाठ्यक्रमलाई व्यावहारिक बनाउन जोड

पोखरा, प्रारम्भिक बाल विकास (ECD) को गुणस्तर सुधार, शिक्षकको क्षमता अभिवृद्धि र व्यवहारिक पाठ्यक्रम कार्यान्वयनका विषयमा केन्द्रित प्यानल छलफलमा सहभागी वक्ताहरूले तीनै तहका सरकार, पाठ्यक्रम निर्माता, विज्ञ तथा विद्यालयबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्। गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत उच्च शिक्षा महाशाखाका प्रमुख प्रकाश देवकोटा ले प्रारम्भिक बालशिक्षाको आधार बलियो बनाउन प्रदेश सरकार नीतिगत रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार सङ्घीय व्यवस्थाअनुसार प्रारम्भिक बालशिक्षाको प्रत्यक्ष जिम्मेवारी स्थानीय तहको भए पनि प्रदेश सरकारले नीतिगत समन्वय, शिक्षक… पुरा पढौ

आई.सि.एम.सि फाइनान्स लिमिटेडद्वारा मानव सेवा आश्रम हेम्जालाई सहयोग हस्तान्तरण

पोखरा, असार १२, आई।सि।एम।सि।फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–२५ स्थित मानव सेवा आश्रम, हेम्जा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याक्युम क्लिनर तथा अन्य सरसफाइका सामग्री हस्तान्तरण गरेको छ। मानव सेवा आश्रमले असहाय, बेसहारा, बेवारिसे तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालनपोषण तथा सम्मानजनक जीवनयापनका लागि निरन्तर सेवा गर्दै आएकाले उक्त मानवीय अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको आई।सि।एम।सि फाइनान्स लिमिटेड पोखरा शाखाका शाखा प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको स्वर्ण जयन्तीः वर्षभर नै विभिन्न कार्यक्रम गरी मनाइने

पोखरा, १२ असार, नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ। नेपाल पत्रकार महासंघ, कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष माधव बराललेमहासंघ कास्की स्थापनाको ५० औँ वर्षमा प्रवेश गरेको अवसरमा वर्षभरि नै उत्सवका रुपमा विभिन्न गतिविधि गरिने बताए। वि.सं. २०३४ साल असार १२ गते स्थापना भएको महांघ कास्कीले बुधबारदेखिस्वर्ण वर्षलाई विशेष बनाउन आधिकारिक लोगो समेत सार्वजनिक गरेको थियो । आधा शताब्दी लामो यात्राको… पुरा पढौ

पत्रकार नेपाललाई  रोटरी जर्नाे अवार्ड

पोखरा , पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नाे अवार्ड प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयोजित समारोहमा नगद ५१ हजारसहित सो अवार्ड प्रदान गरिएको हो । पाल्पाको रिब्दीकोट ७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल पोखरामा रही दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । आदर्श समाजका कार्यकारी सम्पादक उनी राजधानी दैनिकका संवाददाता हुन् । सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिको यज्ञप्रसाद आचार्य रोटरी… पुरा पढौ

पोखरा रोयल बचत तथा ऋण सहकारीमा संस्थागत विकास सम्बन्धी रणनीतिक छलफल

पोखरा, १२, असार, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा संस्थागत विकास, भावी कार्ययोजना तथा रणनीतिक विकाससम्बन्धी एकदिने रणनीतिक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सहकार्य तथा स्पार्कसेनस्टिफ्टुङ जर्मनी बायर, नेपालस्थित प्रतिनिधि सञ्जय झा तथा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले परियोजनाको उद्देश्य, कार्ययोजना र संस्थागत विकासका विभिन्न पक्षबारे सहजीकरण गर्नुभएको थियो। छलफलमा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, कोषाध्यक्ष सूर्यमोहन ढकाल, लेखा समिति संयोजक नारायण सुवेदी, सञ्चालक तथा ऋण उपसमिति सदस्य… पुरा पढौ

कास्कीमा मापसेसँगै ‘लापसे’ समस्या बढ्दो, सबै मिलेर लागुऔषध नियन्त्रणमा लाग्न आग्रह (भिडियो सहित), पोखरामा सचेतनामूलक र्‍याली

पोखरा, असार १२, कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको सप्ताहव्यापी अभियानको समापनका अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा प्रशासनले लागुऔषध नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका हुन्। “लागुऔषधको चुनौती चिनौँ स् सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित अभियान प्रभातफेरीसहित सम्पन्न भएको हो। https://www.youtube.com/watch?v=5_IjSg9HIs4&t=13s… पुरा पढौ