जिवनशैली पत्रिका

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा, आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो ।… पुरा पढौ

इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान अर्पण गर्ने समाजले निर्णय गरेको हो । समितिमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार दुर्गाबहादुर शाह बाबा रहेका थिए । आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति/बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना भएको एक लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषबाट आर्जित व्याजबाट संस्थाले हरेक दुई… पुरा पढौ

पोखरामा फागुन १० गते गण्डकी स्वजागरण उत्सव हुने

दीननाथ बराल,पोखरा १७, माघ, पर्यटनको राजधानि पोखरामा आउँदो फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा पहिलो पटक पोखरा रंगशालामा बृहत रुपमा उक्त उत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । योग र ध्यानका पद्धतिबाट स्वस्य, सदाचार, नैतिकवान र राष्ट्रिय भावनाले ओतप्रोत रही राष्ट्रिय सेत साधनलाई परिचालन गनृ सक्ने जनशक्ति निर्माण, युवजा र शिक्षित जनशक्तिलाई नेपालमै आफ्नो भविश्य खोज्न मद्धत गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको योग गुरु भानु… पुरा पढौ

शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव सम्पन्न, जीविको पार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छः मन्त्री थापा

पोखरा १७, माघ, पोखरा–२२ (पुम्दी—भुम्दी) मा रहेको शुक्रराज माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । बुधबार शहिद दिवसको अवसरमा आयोजित बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले अबको शिक्षा व्यवहारिक तथा सिपमुलक र विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरी जीविकोपार्जनमा सहज बनाउने प्रकारको शिक्षा प्रणाली आवश्यक भएको… पुरा पढौ

टाइगर कप भलिबलः भोलि पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने

पोखरा १७, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको भोलि पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन भोलि पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ । एपिएफ अपराजित टोली हो भने आयोजक टोली एपिएफसँग पराजित… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान स्थापना दिवसमा माघ २२ गते सम्मान तथा पुरस्कार अर्पण गरिने

पोखरा १७, माघ, प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष… पुरा पढौ

व्यापार मेला शनिबारसम्म आज राजस्थानको लोकनृत्य

पोखरा, १७ माघ, पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ ।आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु भएको थियो । मेला समापनतर्फ अगाडि बढ्दा स्टलहरुबाट उत्साहजनक कारोबार भएको महोत्सवका स्टल व्यवस्थापन उपसमिति संयोजक टीकाराम सुवेदी ’माधव’ले जानकारी दिए । महोत्सवमा मोवाइल, कम्प्युटर,… पुरा पढौ

रतनपाण्डे मा.वि.मा प्रदेश स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सुरु

पोखरा, १७ माघ, पोखराको रतन पाण्डे माविमा प्रदेश स्तरिय जुनियर युवा रेडक्रस गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय गोष्ठी आज (बिहिबार) देखि विद्यालयमा सुरु भएको हो । उक्त गोष्ठीको समुद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गरेका थिए । उक्त गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री पाठकले रेडक्रस जस्तो मानवीय तथा… पुरा पढौ

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलः गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश

पोखरा, १७ माघ, ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बगर… पुरा पढौ

ठूलाडिही–पोखरा सम्पर्क मञ्चको साधारण सभामा तनाव न्यूनीकरण प्रशिक्षण

ठूलाडिही–पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ । संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह “बाबा” ले सहजीकरण गरेका थिए ।उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य र संगीत… पुरा पढौ