पोखरामा फागुन १० गते गण्डकी स्वजागरण उत्सव हुने

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १७, माघ,

पर्यटनको राजधानि पोखरामा आउँदो फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा पहिलो पटक पोखरा रंगशालामा बृहत रुपमा उक्त उत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

योग र ध्यानका पद्धतिबाट स्वस्य, सदाचार, नैतिकवान र राष्ट्रिय भावनाले ओतप्रोत रही राष्ट्रिय सेत साधनलाई परिचालन गनृ सक्ने जनशक्ति निर्माण, युवजा र शिक्षित जनशक्तिलाई नेपालमै आफ्नो भविश्य खोज्न मद्धत गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको योग गुरु भानु गुरुदेवले बताउनु भयो । उक्त कार्यक्रमको पहिलो दिन करिब ४ घण्टाको भए पश्चात दोश्रो दिन देखि एक साता ‘विराट चक्र विज्ञान’ कार्यक्रम हुने भएको उहाँले जनाउनु भयो ।

फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने उक्त कार्यक्रममा करिब ६ हजार भन्दा बढीको उपस्थिति रहने प्रतिष्ठानका व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिनुभयो । पहिलो दिनको कार्यक्रममा भने करिब ३० हजार सहभागि गराउने लक्ष्य रहेको उहाँले जनाउनु भयो ।

योग, ध्यान र समाधि साधनाका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक र चेतनागत विकासमा सहयोग पुग्ने बताइन्छ । कार्यक्रममा सहभागी हुनेले जनही ७ दिनका लागि १० हजार शुल्क तिर्नुपर्छ जुन रकम बराबरको स्वयम व्यक्तिको आवासिय सहितको खानाको लागि खर्च हुने व्यबस्थापक अभिषेश अधिकारीले बताउनु भयो ।

७५३ वटै पालिकाबाट सहभागिता हुने भएका छन्। पोखरा भ्रमण वर्षको अवसरमा महानगरले उक्त कार्यक्रमलाई प्रबद्र्धन गर्दै आगन्तुक पाहुनाको आतिथ्यता गर्ने भएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । गत वर्ष लुम्बिनीमा कार्यक्रम भएपछि यस बर्ष पोखरामा गर्न आफुहरुले आग्रह गरे अनुसार हुने भएको उहाँको भनाई थियो । रंगशालाको बैकल्पिक फुटवल मैदानमा शिविर हुने भएको छ भने सो क्षेत्र नजिक अस्थायी सौचालय निर्माण हुने भएको छ । योग गुरु रमेश गुरुदेवले हिमालयको भूमि नेपालको ३÷४ हजार किलोमिटर माथिको उचाईमा साधन गर्न सके यसले पर्यटकहरुलाई आकर्षण गर्ने जनाउनु भयो । आफै तर्फ फर्कियर ध्यान गर्न गुरुले आग्रह गर्नुभयो ।



This will close in 20 seconds