जिवनशैली पत्रिका

पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग अन्तरक्रिया

पोखरा, २७ फागुन, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथप्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्र्धनका लागि कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले संग्रहालय प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धता समेत गरे । ‘यसको प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ,’ सचिव गुरुङले भने, ‘पथप्रदर्शक साथीहरुलाई पोखरा भ्रमणका मुख्य… पुरा पढौ

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश नि:शुल्क

पोखरा, २७ फागुन, पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ुहोलिल्याण्डु हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार ुहोलिल्याण्डु कार्यक्रम हुने भएको हो । होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक… पुरा पढौ

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा, २७ फागुन, पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०, याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन।जे।एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशका ३ हजार ३७६ जना खेलाडी दर्ता, दर्ता छुट भए सम्पर्क गर्न आग्रह

पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् । परिषदले पालिकातहबाटै खेलाडी छनौटका लागि तयारी सुरू गरिएको बताउँदै… पुरा पढौ

कास्कीको सैमारंग(मकैखोला) मा केन्द्र बिन्दु भएर गयाे भूकम्प, पाेखरा आसपास भूकम्पको धक्का महशुस

दीननाथ बराल,पाेखरा, २७, फागुन, कास्कीको सैमारंग(मकैखोला) लाई केन्द्र बिन्दु बनायर आज बिहान भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले पोखरा क्लिकलाई दिएकाे जानकारी अनुसार आज बिहान ४:११ मिनेट जाँदा कास्कीको सैमारंग(मकैखोला) मा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रका अनुसार ४.३ म्याग्नि च्यूटको भूकम्प गएको हाे । भूकम्पको धक्का पोखरा र कास्की वरपरका जिल्लाहरू समेत हल्का महसुस भएको स्थानीयले बताउनु भएको छ। याे समाचार तयार पार्दासम्म बिहान ४:३० बजे भूकम्पकाे कुनै क्षेतिकाे विवरण नआएकाे प्रहरीले जनाएकाे छ । https://app.datawrapper.de/edit/iCRXA/publish पुरा पढौ

सराङकोट धाममा महाआरतीको रौनक सुरु, हरेक सोमबार अन्नपूर्ण केवलकारबाट भक्तजनलाई २ सय ५० मै यात्राको अवसर

पोखरा १८ स्थित पोखराको सराङकोट धाममा आज (सोमबार) देखि महाआरती पूजा प्रारम्भ भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र बिकास समितीले निमार्ण गरेको सराङकोट धाममा आगामी दिन देखि हरेक सोमबार महाआरती पूजा विधि पूर्वक पूजा हुने भएको जस अन्र्तगत सोमबार देखि सुरु भएको समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो । हरेक सोमबार महाआरती हुने गरी महायज्ञ पछि पहिलो सोमबार बाट महाआरती सुरु भएको उहाँले बताउनु भयो । हरेक हप्ताको सोमबार साँझ ५.३० बजे देखि ३० मिनेटसम्म आरती… पुरा पढौ

पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्दै महानगरपालिका

पर्यटनको राजधानि पोखरामा आउदो वैशाख देखि हुने भनिएको श्री गण्डकी कोटिहोम सञ्चालन हुने भएको छ भने कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पोखरा महानगरपालिका पछि हटेको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मातीराम तिम्सिनाले बताउनु भयो । बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरु, वडा अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा कोटिहोम… पुरा पढौ

हङकङमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

हङकङ, गैर आवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा संयुक्तरुपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानिय मङकोकको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ । नेपाली महिला संघ हङकङका अध्यक्ष एवं गैरआवासिय नेपाली संघ आईसिसीका महिला सचिव राधिका गुरुङ ‘टिका’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली मुलका बिभिन्न संघ संस्थाहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीका रुपमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ रहेकी थिइन् । गैर आवासिय नेपाली संघ हङकङ महिला बिभागका संयोजक कबिता… पुरा पढौ

नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए । अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका… पुरा पढौ

एक करोडको बिमा रकम पाउने प्रलोभनमा आफ्नै पसलमा आगलागी गर्ने युवा पोखरामा पक्राउ

पोखरा २५, फागुन, एक करोडको बिमा रकम पाउने प्रलोभनमा आफ्नै पसलमा आगलागी गर्ने एक युवा पोखरामा पक्राउ परेका छन् । पोखराको न्यूरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा कास्की प्रहरीले पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई पक्राउ गरेको हो । पसल सञ्चालक लोहारले १ करोड बराबरको बीमा गराएको शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गर्न पुगेका थिए ।उक्त पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे शंकाशपद विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले… पुरा पढौ