जिवनशैली पत्रिका

पोखरामा क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा एवं सट्टावाजी खेलाउने घर धनी सहित ५ जना पक्राउ, एक बर्षमा ३० करोडको कारोवार

पोखरामा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा एवं सट्टावाजी खेलाउने गरेको एउटा समुह प्रहरीको फन्दामा परेको छ । पोखरा १४ अनुपम टोलमा रुपेन्द्र जि.सी.को साँढे ३ तले घरमा अवैध रुपमा उक्त क्रिप्टोकरेन्सी प्रयोग गर्दै अनलाइन मार्फत जुवा÷सट्टावाजीमा प्रयोग गरिएका जि.सी.का ४ जना आफन्त पर्ने लाई प्रहरीले पक्राउ गरेको हो । पर्वतका जि.सी.ले विगत १ बर्ष देखि पोखरामा हालै निर्माण भएको उक्त घरमा विगत १ बर्ष देखि आफ्न्तलाई ईलेक्ट्रोनिक डिभाईस मार्फत अवैध कारोवार गर्ने गरेको गोप्य सूचनाको आधारमा ५ जनालाई पहिलो… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना पोखरा भ्रमण पश्चात काठमाण्डौं प्रस्थान

दीननाथ बराल, पोखरा २५, फागुन, पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना पोखरा भ्रमण पश्चात काठमाण्डौं प्रस्थान गर्नु भएको छ । पूर्व राजा शाहलाई पोखराको पुरानो विमानस्थलमा पन्चेबाजा सहित फुल माला लगायर उहाँलाई बिदाई गरिएको राप्रपाका युवा नेता अरुण गिरीले बताउनु भयो । पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजासमर्थितहरुले विमानस्थलमा जयजयकार गर्दै धुवोको माला सहित फूलमालाले विदाई गर्नु भएको उहाँले पोखराक्लिकलाई उल्लेख गर्नु भयो । आज पोखराबाट र्याली सहित उहाँलाई बिदाई गरिएको… पुरा पढौ

पोखराको सफलता पछि ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन स्याङ्जाको वालिङमा हुने

पोखरा,फागुन २५, सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) स्याङ्जाको वालिङमा हुने भएको छ । पोखराको अपार सफलतापछि आगामी चैत १ गते स्याङ्जाको वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । वालिङ उद्योग वाणिज्य संघ र ट्रिनिटी क्लव वालिङको आयोजनामा हाल वालिङ बजारमा प्रथम पिङ्क सिटी महोत्सव चलिरहेको छ । सोहि महोत्सव अन्तर्गत चैत १ गते शुक्रबार दिउँसो ३ बजेदेखि राती ८ बजेसम्म ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका… पुरा पढौ

पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि लेखनाथ र माछापुच्छ«े क्रिकेट क्लव भिड्ने

पोखरा, फागुन २६, पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि लेखनाथ यूथ क्रिकेट क्लव र माछापुच्छ«े क्रिकेट क्लव भिड्ने भएका छन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत आईतबार भएको दोश्रो सेमीफाइनल खेलमा कास्की क्रिकेट क्लवलाई २३ रनले पराजित गर्दै लेखनाथ यूथ फाइनलमा प्रवेश गरेपछी यी दुई क्लवबीच उपाधि भिडन्त पक्का भएको हो । यसअघि शनिबारको खेलमा राईजिङ क्रिकेट क्लवलाई ९६ रनले पराजित गर्दै… पुरा पढौ

द क्लिफमा प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

कुष्मा, एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत(बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ । आइतबार नेपाल प्रहरिको ुप्रहरी विशेष कला तथा कारबाही ९कमाण्डो० तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले जानकारी… पुरा पढौ

पत्रकार कृष्णमणि बराल ५० हजार नगद सहित पुरस्कृत

पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याउदै आउनु आएका पोखराका पत्रकार कृष्णमणि बराल नगद ५० हजार सहित सम्मानित हुनु भएको छ । प्रेस क्लब गण्डकीले पत्रकार बराललाई ५० हजार नगद सहित, दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरेको हो । सङ्घीय संसदका सभामुख देवराज घिमिरेले उहाँलाई शनिबार पोखरामा आयोजित एक समारोहका बिच उक्त पुरस्कार प्रदान गर्नू भएको क्लबका अध्यक्ष एकराज गिरीले बताउनु भयो । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समाजको चेतना विकास गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ऐनाको रुपमा जनताको… पुरा पढौ

वडाध्यक्ष कप भलिबलको उपाधि पोखरा–१६ लाई

२४ फागुन, पोखरा, पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले उचालेको छ । मनोहर युवा क्लवको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो । जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।… पुरा पढौ

रत्नज्योतिका विद्यार्थी, शिक्षक र अभिभावकलाई युआरएलमा छुट

पोखरा, २४ फागुन, पोखरा ८ रत्नचोकमा रहेको रत्नज्योति माविका विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालकले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का सबै सेवामा छुट पाउने भएका छन् । युआरएलले उनीहरुलाई सबै सेवामा ५० प्रतिशत छुट दिने भएको हो । छुटसम्बन्धी सम्झौतामा शनिबार युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र रत्नज्योतिका प्राचार्य विष्णुप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । यो सम्झौता आगामी दुई वर्षसम्म कायम रहनेछ । शनिबारै रत्नज्योतिमा भएको निशुल्क रक्त, दन्त र आँखा परीक्षणमा ५ सय ३ जनाको निशुल्क जाँच शिविर भएको छ । गण्डकी… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट

पोखरा, २४ फागुन, त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखी स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरीले विद्यार्थीको शैक्षिक गुणस्तर सहित अन्य क्षेत्रमा भएको प्रतिभा मापनका लागि खेल आवश्यक रहेको बताउनु भयो । अध्ययनले ज्ञान र बौद्धिक क्षमता बृद्धि भए जस्तै खेलले विद्यार्थीहरुका विचमा रहेको फरक विधा र क्षमताको पहिचान हुने उल्लेख गर्नु… पुरा पढौ

नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड वैशाख २० गते हुने

फागुन २४, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती ९एमबी आस्था० ले जानकारी दिए । मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भैसकेको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा… पुरा पढौ