
पोखरामा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा एवं सट्टावाजी खेलाउने गरेको एउटा समुह प्रहरीको फन्दामा परेको छ । पोखरा १४ अनुपम टोलमा रुपेन्द्र जि.सी.को साँढे ३ तले घरमा अवैध रुपमा उक्त क्रिप्टोकरेन्सी प्रयोग गर्दै अनलाइन मार्फत जुवा÷सट्टावाजीमा प्रयोग गरिएका जि.सी.का ४ जना आफन्त पर्ने लाई प्रहरीले पक्राउ गरेको हो ।
पर्वतका जि.सी.ले विगत १ बर्ष देखि पोखरामा हालै निर्माण भएको उक्त घरमा विगत १ बर्ष देखि आफ्न्तलाई ईलेक्ट्रोनिक डिभाईस मार्फत अवैध कारोवार गर्ने गरेको गोप्य सूचनाको आधारमा ५ जनालाई पहिलो चरणमा पक्राउ गरिएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
क्रिप्टो करेन्सी कारोवार, अनलाईन जुवा÷सट्टावाजीमा प्रयोग गरेको आरोपमा कास्की प्रहरी सहित गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेका व्यक्तिहरुमा मध्य सबै जसो म्याग्दीका हुनुहुन्छ । म्याग्दी बेनी नगरपालिका २ का ३३ बर्षका बिक्रम बानियाँ हाल पोखराको हवेलीमार्गमा बस्दै आउनु भएको छ । बानियाँले पोखराको चिप्लेढुंगामा फेन्सि पसल संचालन गर्दै आउनु भएको छ भने रुपन्द्रका फुपुका छोरा हुनुहुन्छ ।
त्यसै गरी बेनी नगरपालिका २ का २२ बर्षका सञ्जन घिमिरे समेत पक्राउ पर्नु भएको हो । रुपेन्द्रका फुपुका छोरा पर्ने घिमिरे हाल अनुपमन मार्गमा बस्दै आउनु भएको छ भने बिए चौथो बर्षमा अध्ययनरत हुनु हुन्छ ।
त्यस्तै रघुगंगा गाँउपालिका २ स्थायी घर भई हाल अनुपम मार्ग बस्दै आउनु भएको बिए दोश्रो बर्षमा अध्ययनरत १९ बर्षका रोजन के.सी पक्राउ परेका हुन् । उहाँ रुपेन्द्रका सानो आमाको छोरा हुनुहुन्छ ।
त्यसै गरी उक्त अवैध कारोवार गरेको आरोपमा प्रहरीले रघुगंगा नगरपालिका २ का १८ बर्षका सन्दिप कटुवाललाई पक्राउ गरेको छ । पोखरा चाउथे बस्दै आउनु भएको कटुवाल फुड स्टिपका संचालन तथा रुपेन्द्रका बहिनी ज्वाई समेत हुनु भएको प्रहरीले उल्लेख गरेको छ । उहाँहरुलार्ई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूर सम्बन्धमा अनुसन्धान प्रकृया अगाडी बढाईएको छ भने जिल्ला अदालत बाट ७ दिन को म्याद थप भएको एसपी ओलियाले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानबाट उहाँहरुले ३० करोड मुल्य बराबरको आर्थिक कारोवार गरेको कास्कीका प्रहरी प्रमुख श्याम बाबु ओलीयाले बताउनु भयो । करिब एक बर्षको अन्तरालमा उहाँहरुबाट सो रकम बराबरको कारोवार भएको उहाँले दाबी गर्नु भयो । फागुन २३ गते बेलुका ५ बजे प्रहरीले गोप्य सूचनाको आधारमा उहाँहरुलाई पक्राउ गरेको थियो ।
मोवाईल फोन– ३१ थान, कम्प्युटर मनिटर–२ थान,कम्प्युटर सिपियु– ३ थान, ल्याप्टप– ४ थान, पेनड्राईभ– ३ थान,हार्डडिक्स– १ थान, चार्जर– ११ थान, स्टेम्प छाप– १ थान, नगद ७२ हजार ५ सय लगाएतका सामानहरु बरामद गरिएको प्रहरीले जनएको छ । उहाँहरुले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोवार गरेको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
वाट्सअफ, टेलिग्राम, क्यास एप,चिमिएप, यूएसडीटी, मार्फत १५ करोड र अभौतिक मुद्रको १५ करोड गरी ३० करोड मुल्य बराबरको कारोवार भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वशन्तकुमार शर्माले बताउनु भयो ।