
पर्यटनको राजधानि पोखरामा आउदो वैशाख देखि हुने भनिएको श्री गण्डकी कोटिहोम सञ्चालन हुने भएको छ भने कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पोखरा महानगरपालिका पछि हटेको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मातीराम तिम्सिनाले बताउनु भयो ।
बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरु, वडा अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा कोटिहोम महायज्ञ पोखराको बाराहीघाटको विकल्पमा पोखराको कुनै उचित स्थानमा आयोजना गर्ने भएको छलफलमा सहभागि शंकर खरालले बताउनु भयो । सोमबारको बैठकले पोखरामा हुँन लागेको उक्त कोटिहोम महायज्ञ सबै मिलेर सफल पार्ने निर्णय भएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बताउनु भयो ।
त्यस्तै मंगलबार बिहान पोखरा महानगरपालिकाको ४३ औं कार्यापालिकाको बैठक बसी ५ सदस्यिय विबाद समाधान समिति गठन गरेर उक्त समितिले कुन ठाउँमा के गर्दा उपयुक्त हुन्छ भन्ने बारे निष्कर्ष निकाल्ने सहमती भएको प्रवक्ता तिम्सिनाले बताउनु भयो । पोखरा महानगरबाट २, महायज्ञ आयोजक फाउण्डेसनका २ र एक जना जिल्ला प्रशासन कार्यालय कास्कीबाट एक जना प्रतिनिधि सहित ५ जनाको बिबाद टुंगाउने गरी छलफल गर्ने भएको बताइन्छ ।