
पोखरा २५, फागुन,
एक करोडको बिमा रकम पाउने प्रलोभनमा आफ्नै पसलमा आगलागी गर्ने एक युवा पोखरामा पक्राउ परेका छन् । पोखराको न्यूरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा कास्की प्रहरीले पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई पक्राउ गरेको हो ।
पसल सञ्चालक लोहारले १ करोड बराबरको बीमा गराएको शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गर्न पुगेका थिए ।उक्त पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेका र आगलागीको कारणबारे शंकाशपद विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ । फागुन १६ गते साँझ ७ः०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो।
घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।