जिवनशैली पत्रिका

भ्र्रष्टचार नियन्त्रण गर्न, क्याम्पसमा हुने गरेको मनोपलीको अन्त्य गर्न आफुहरुको उमेदवारी भएको अखिल क्रान्तिकारी (पिएन क्याम्पस) को दाबी

क्याम्पसमा हुने गरेको अनियमितता र भ्र्रष्टचार नियन्त्रण गर्न, क्याम्पसमा लामो समय देखि हुदै आएको नातावाद कृपावाद तथा मनोपलीको अन्त्य गर्न आफुहरुको उमेदवारी भएको अखिल क्रान्तिकारी (पिएन क्याम्पस)ले जनाएको छ । अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समिति पोखराले शुक्रबार क्याम्पस परिसरमै आयोजना गरेको उमेदवार परिचय कार्यक्रममा बोल्दै स्ववियूका अध्यक्षका प्रत्यासी नवीन अधिकारीले उक्त कुरा बताउनु भएको हो । क्याम्पसमा ९ हजार २ सय ६९ मतदाता रहे पछि विभिन्न पार्टी निकटमा करिब २ हजार बिद्यार्थीहरु मात्र भए पनि अधिकांश स्वतन्त्र बिद्यार्थी भएकोले क्याम्पसमा… पुरा पढौ

गण्डकी प्रदेश सरकारको धिमेगतिमा खर्च

दीननाथ बराल, पोखरा १, चैत, गण्डकी प्रदेश सरकारको धिमेगतिमा खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८१÷०८२ को ८ महिनामा २८ प्रतिशत मात्र बजेट खर्च गरेको छ । गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको तथ्याङक अनुसार फागुन मसान्तरसम्म गण्डकी प्रदेशमा करिब २८.१४ प्रतिशत मात्र बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट विनियोजन गरे पनि ८ महिनामा २८ प्रतिशतले ९ अर्ब २८ करोड… पुरा पढौ

‘स्लो’ स्कुटर रेसमा लिला प्रथम, डोरीतानमा सूर्यतारा र दिदीबहिनी फाइनलमा

पोखरा १ चैत्र, दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत शुक्रबार सय मिटर खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता सञ्चालन भयो । ‘स्लो’ स्कुटर रेस प्रतियोगितामा लिला कुमारी चोचाङ्गी पुर्जा ४ मिनेट २ दशमलव १८ सेकेन्डमा दूरी पुरा गर्दै प्रथम भएको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए । उनले १९ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारिन् । यसैगरी ३ मिनेट २४ दशमलव ६८ सेकेन्डमा दूरी पुरा गर्दै सन्जु लामिछाने द्वितीय बनिन् । कुल ४२… पुरा पढौ

वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

पोखरा, पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्। लामाचौर निवासी नेपाल सरकारका पुर्व सचिव एवं प्रशासनविज्ञ आचार्य र उहाँका छोरा राजेशले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर , पिपल र समी सहितको चौतारी निर्माण गरिदिएका छन्। त्यहाँ पुग्ने भक्तजन र पर्यटकलाई सुविधा पुग्ने र धार्मिक कार्यका लागि महत्वपूर्ण मानिने वोट विरुवाको संरक्षण गर्ने उद्देश्यले चौतारी निर्माण गरिएको आचार्यले बताउनुभयो। नौं वर्ष अघिको सोच अहिले आएर पुरा भएको… पुरा पढौ

सविना र किशोरको आवाजमा गीतकार आरजूको ‘सम्झौता गरौँ’ सार्वजनिक

काठमाडौं, १ चैत्र, गीतकार आरजू बिष्ट सल्यानीको रचना रहेको ‘सम्झौता गरौँ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका सविना सुनाम र गायक किशोर सुनारको आवाज रहेको छ । यो गीतमा गीतकार बिष्टको नै सङ्गीत रहेको छ । संसारमा हर कुराहरू कुनै एक परिपक्व संझौताको बलियो जगमा, बलियो आधारमा तय गरिन्छ । यो अँझ जीवनका लागि महत्वपूर्ण मानिन्छ । कतिपय लिखित र कति अलिखित हुन्छन् । मायाको आधार भनेको भावनात्मक सुजबुजको गाँठो हो । माया प्रेमका लागि त्यस्तो त्यागको खोजिका… पुरा पढौ

नेपाली महिला भलिवल टिमका कप्तान अरुणा शाही पोखरामा सम्मानित

पोखरा २९, फागुन, होली उत्सवको अवसरमा विहिबार पोखरामा नेपाली महिला भलिवल टिमका कप्तान अरुणा शाही सम्मानित हुनु भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमीले विहिबार पोखरामा आयोजना गरेको होली उत्सवमा कप्तान शाहीलाई नगद ११ हजार सहित सम्मान गरिएको एकेडेमीका उपाध्यक्ष एवं राखेपका पूर्व सदस्य राजेश कुमार गुरूङले बताउनु भयो । एकेडेमीले आफुलाई सम्मान गरेकोमा धन्यवाद दिदै कप्तान शाहीले नेपालको राष्ट्रिय खेल भलिवलको बृद्धि विकासमा यस्ता सम्मानले आफु सहित अन्य खेलाडीहरुलाई प्रोत्साहन मिल्ने बताउनु भयो । मदन भण्डारी स्पोट्स एकेडेमीले खेलकुदकर्मी… पुरा पढौ

पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक

पोखरा, २९ फागुन, पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको (होलिल्याण्ड) कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । कार्यक्रममा उल्लेखनिय दर्शकको सहभागिता रहेको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले बताए । डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी दिइएको छ । यही चैत्र ५ गते संचालन हुने स्ववियु निर्वाचन जित्ने दाउ मा जनप्रिय बहुमुखी क्याम्पस मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले अखिल क्रान्तिकारी को नाम दुरुपयोग गरिरहेको अखिल कान्तिकारीको आरोप छ ।निर्वाचन आयोगले गरेको आचार संहिता बिपरित कार्यको बिरुद्द अखिल क्रान्तिकारी रिट दायर को लागी कानुनि निति सहित अदालत जाने तयारी थालेको अखिल (क्रान्तिकारी ) केन्द्रीय सचिवालय सदस्य एबम अखिल (क्रान्तिकारी ) जनप्रिय बहुमुखि… पुरा पढौ

जिफान अध्यक्ष खाद्यन्न र नगद हस्तान्तरणः

सहारा क्लब हङकङका संस्थापक कार्य समिति सदस्य तथा जिफान हङकङ का अध्यक्ष नायिका माया गुरुङबाट सूर्य बहादुर केसी स्मृति सहारा आवसीय फुटबल एकेडेमीमा रहेका बालकहरुको लागि एकेडेमीमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भयो । सोही अवसरमा सहारा क्लब हङकङका वर्तमान कार्य समिति सदस्य पूर्णबहादुर गुरुङबाट एकेडेमी व्यवस्थापनको लागि नगद रु दश हजार सहयोग सहारा एकेडेमी व्यवस्थापन समितिका संयोजक एवम वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो । आज फागु पूर्णिमा पनि रहेकोले माया गुरुङबाट बालकहरुलाई रंगको टिका लगाई होलीको शुभकामना समेत दिनु… पुरा पढौ

‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन भोलि स्याङ्जाको वालिङमा हुँदै, डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा गुञ्जिने

सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला)भोलि स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । चेम्बर अफ कमर्स वालिङ र ट्रिनिटी क्लव वालिङको संयुक्त आयोजनामा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत… पुरा पढौ