
क्याम्पसमा हुने गरेको अनियमितता र भ्र्रष्टचार नियन्त्रण गर्न, क्याम्पसमा लामो समय देखि हुदै आएको नातावाद कृपावाद तथा मनोपलीको अन्त्य गर्न आफुहरुको उमेदवारी भएको अखिल क्रान्तिकारी (पिएन क्याम्पस)ले जनाएको छ ।

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समिति पोखराले शुक्रबार क्याम्पस परिसरमै आयोजना गरेको उमेदवार परिचय कार्यक्रममा बोल्दै स्ववियूका अध्यक्षका प्रत्यासी नवीन अधिकारीले उक्त कुरा बताउनु भएको हो । क्याम्पसमा ९ हजार २ सय ६९ मतदाता रहे पछि विभिन्न पार्टी निकटमा करिब २ हजार बिद्यार्थीहरु मात्र भए पनि अधिकांश स्वतन्त्र बिद्यार्थी भएकोले क्याम्पसमा भएको बेथितिबिरुद्ध मतदान गर्न उहाँले आग्रह गर्नु भयो । गण्डकी प्रदेश सरकार देखि पालिकाहरुसंगको सहकार्यमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुलाई रोजगारको सृजना गर्ने महत्वकाक्षि योजना सहित अखिल क्रान्तिकारी अघि बढेकोले अधिकारीले जनाउनु भयो । पृथ्वीनारायण क्याम्पस पोखरामा आफ्नो आधिकारिक गठबन्धन नरहेको उहाँले प्रष्ट पार्नु भएको छ ।

अखिल क्रान्तिकारी गण्डकी प्रदेशका उपाध्यक्ष वसन्त भट्टचनले भ्रष्टाचारीहरू बिरूद्व प्रचण्डले गरेको अभियान जस्तै अब शैक्षिक संस्थामा यस्तै अयिभान सुरु गर्नुपर्ने बताउनु भयो । भिजन मिसन सहित स्ववियू निर्वाचनमा आफुहरु होमिएको उहाँको दाबी थियो । १६ बर्ष सम्म रकम संकलन गरेको स्ववियुले हालसम्म पनि रकम सार्वजनिक नगरेको उपाध्यक्ष भट्टचनले गुनासो गर्नु भयो ।
अखिल क्रान्तिकारीकी प्रभावशाली नेतृ प्रविणा अधिकारीले क्याम्पसमा शैक्षिक दादा गिरी बिरूद्व अखिल क्रान्तिकारी २०६५ सालमा प्रवेश गरेको समरण गर्दै क्याम्पसमा हुने गरेको गुण्डागर्दी बिरूद्व छात्राबृत्ति मनोपली, नातावाद कृपावाद बिरुद्ध सबै एक हुनु पर्ने समय आएको बताउनु भयो । यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।