जिवनशैली पत्रिका

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशक विच भेटवार्ता, प्रदेशको प्राथमिकतामा सहकार्य गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट वीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले शसक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए । युएनडिपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डले भने  ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’… पुरा पढौ

बटुवालाई सडकमै गणित पढाए मदरल्याण्डका विद्यार्थीले

पोखरा, चैत ४, पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष डा. त्रिभुवन शर्मा बरालले जानकारी दिए । ‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु, दुइ खेल जित्दै गण्डकी सेमीफाइनलमा

पोखरा ३, चैत, प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा आइतबारदेखि राष्ट्रिय ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन घरेलु टोलि गण्डकीले दुई खेलमा जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो । प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा… पुरा पढौ

भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण

चितवन, चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा ९लालपूर्जा० वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आज ९आइतबार० एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा वितरण गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताउनुभयो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या… पुरा पढौ

पर्यटन सिजन सुरु भएसंगै पोखरामा होटल अकुपेन्सि ४० प्रतिशत, पोखरा भ्रमण बर्ष २०२५ भरी होटल आवासमा २० प्रतिशत छुट

दीननाथ बराल, पोखरा ३, चैत, पर्यटनको राजधानि पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको छ । पर्यटनको दोश्रो सिजनको रुपमा मानिने (मार्च, अप्रिल र मे) को सिजन सुरु भएसंगै पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखरामा हाल भारतिय करिब १०, तेश्रो मुलुकका पर्यटक करिब १० र आन्तरिक पर्यटक भने २० प्रतिशत जसो रहेको उहाँले उल्लेख गर्नुभयो । होली पर्वको दिनमा पोखराको लेकसाइडको सडकै भरी देखिएको थियो नी… पुरा पढौ

१९ दिनको अन्तरालमै पोखराको एक बिद्यालयमा दुई छात्रालाई करणी भएको आरोपमा २ छात्र पक्राउ, एक छात्र कास्की कारागारमा, छात्रा भने केही दिनमै सुत्केरी हुने

दीननाथ बराल,पोखरा २, चैत, दोश्रो पाठशालाको रुपमा बिद्यालयलाई लिने गरिन्छ तर बिद्यालयमा अनैतिक कृयाकलाप गर्यो भने एकाएक प्रहरीको फन्दामा पनि पर्न सक्छ भन्ने पोखरामा एउटा यस्तै घट्ना भएको छ । सायद सुरुमा भन्दा र सुन्दा तपाईहरु नै अचम्मित हुनु हुन्छ होला आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालिका नै केही दिनमै अब सुत्केरी हुने अबस्थामा पुग्नु भएको छ । शारीरिक रुपमा असक्त (सुस्त श्रवण) भएका बिद्यार्थीहरु अध्ययन गर्ने निकै संवेदनशिल बिद्यालयमा १९ दिनकै अन्तरालमा आफ्नै बिद्यालयका दुई छुट्टा छुट्टै छात्रहरुबाट वालिका सहित… पुरा पढौ

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन ः दर्शकको अभूतपूर्व साथ, वान्समोर हुटिङ बारम्बार

पोखरा, चैत २, सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम स्याङ्जाको वालिङमा भव्य रुपमा सम्पन्न भएको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै सम्पन्न भएको हो । चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी ‘प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘व्याक टु नाइन्टिज’मा करीब १० हजार दर्शक सहभागी भए । नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न… पुरा पढौ

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग

पोखरा, २ चैत्र, पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान वर्ष उत्कृष्ट कर्मचारीलाई मेडल सहित सम्मान प्रदान गरेको छ । वर्ष उत्कृष्ट कर्मचारीको उपाधि तिर्थराज अधिकारीले पाए । त्यसै गरी दिर्घ सेवा पुरस्कारबाट रामकृष्ण कडेल १० वर्ष तथा निर्मला विष्ट, सविन पौडेल र अमित घलेले ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएमा उनीहरुले दिर्घ… पुरा पढौ

फोटो पत्रकार संघको पदस्थापन

पोखरा, २ चैत, नेपाल फोटो पत्रकार संघ, कास्कीको नयाँ कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ । फागुन २५ गते संघको नवौं अधिवेशनबाट निर्वाचितहरुलाई सपथसहित पदस्थापन गरिएको हो । समितिलाई निर्वाचन समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष कृष्णमणि बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । भने, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रमाणपत्र प्रदान गरेका थिए ।संघको अधिवेशनले राम गुरुङको अध्यक्षमतामा७ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको थियो । उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ निर्वाचित भएका थिए… पुरा पढौ

भोलि देखि पोखरामा पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल हुने

पोखरा प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता भोली ९आइतबार०बाट सुरू हुँदैछ । करिव तीन वर्षको अन्तरालमा राष्ट्रियतस्तरको ह्याण्डबल प्रतियोगता हुन लागेको हो । प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब भिड्ने भएका… पुरा पढौ