पर्यटन सिजन सुरु भएसंगै पोखरामा होटल अकुपेन्सि ४० प्रतिशत, पोखरा भ्रमण बर्ष २०२५ भरी होटल आवासमा २० प्रतिशत छुट

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३, चैत,

पर्यटनको राजधानि पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको छ । पर्यटनको दोश्रो सिजनको रुपमा मानिने (मार्च, अप्रिल र मे) को सिजन सुरु भएसंगै पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।

पोखरामा हाल भारतिय करिब १०, तेश्रो मुलुकका पर्यटक करिब १० र आन्तरिक पर्यटक भने २० प्रतिशत जसो रहेको उहाँले उल्लेख गर्नुभयो । होली पर्वको दिनमा पोखराको लेकसाइडको सडकै भरी देखिएको थियो नी भन्ने प्रश्नमा अध्यक्ष सुवेदीले पोखरामा होटलहरुको सङख्या बृद्धि भएसंगै पर्यटक अघिल्ला बर्षका तुलनामा बढेको हुन सक्ने जनाउनु भयो ।

हिमाल तर्फ यस सिजनमा हिउँ खासै नपर्ने मौसम भएकोले गर्दा विभिन्न पदमार्गमा जाने पर्यटकहरुको सङख्या समेत अब बढ्ने अध्यक्ष सुवेदीले विश्वास व्यक्त गर्नुभयो । कोभिड पछि आफुहरुले अपेक्षा गरे अनुसारका पर्यटनको मुख्य सिजन मानिने सेप्टेम्वर, अक्टुवर र नोवेम्बर अग्रेंजी महिनामा समेत कम आउन थालेको उहाँको भनाई थियो ।

पोखरा महानगरले सन् २०२५ मा पोखरामा आन्तरिक तथा बाह्यि गरी २० लाख पर्यटक भित्राउने लक्ष्यलाई सफल पार्न संघले जनवरी देखि आउँदो डिसेम्बरसम्म होटल आवासमा २० प्रतिशत छुटको व्यबस्था गरिएको सुवेदीले उद्घोष गर्नुभयो । संघमा आबद्ध पोखरा सहितका क्षेत्रमा ४ सय २५ वटा होटलहरु रहेका छन भने पोखरा सहित पोखरा आसपासमा पर्यटकीय स्तरका करिब १ हजार २ सयको हारहारीमा होटलहरु रहेको बताइन्छ ।

नेपाली नयाँ बर्षको अवसरमा संघले पोखरामा पर्यटकलाई स्वागत गर्न केही समय अघि पूर्वसम्मको भ्रमण गरी निम्तो दिएको छ भने केही समय पछि पश्चिम हुदै भारतको वोर्डर सिटिहरुसमम पुग्ने योजना बनाएको छ । गर्मीले बेहाल चलो नेपाल अभियानका साथ भारतका विभिन्न शहरमा संघले अभियान लियर जाने भएको छ । महानगरले सुरु गरेको पोखरा भ्रमण बर्ष नीजि क्षेत्रको लागि भएकोले उक्त अभियानलाई सफल पार्न होटल संघ पनि पर्यटकीय विभिन्न गतिविधिमा सहकार्य र समन्वय गर्दै अघि बढ्ने अध्यक्ष सुवेदीले बताउनु भयो । भाइनाको सिचुवान एअरलान्सले चैत ५ गते देखि सुरु गर्ने व्वसायी चार्टर्ड हवाई उडानको अभियानलाई सफल पार्न संघको टोली समेत चिनको छेन्दु सहभागि हुने भएको छ । यसैबिच, नेपाली नयाँ बर्षको स्वागतका लागी २० औं संस्करणकोे फेवा नव बर्ष महोत्सव यही चैत ३० देखि वैशाख १ गते सम्म हुने भएको छ ।