जिवनशैली पत्रिका

पर्यटन मन्त्री बस्याल र महाप्रबन्धक यान विच भेटवार्ता

पोखरा, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुन र उनकी सेक्रेटरी ली शिन बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स ले हालै सुरु गरेको पोखरा छेन्दु चार्टर्ड हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएको सम्वन्धमा कुराकानी भएको छ । यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा(छेन्दु चार्टर उडानले… पुरा पढौ

चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सको पहिलो जित

पोखरा, चैत १४, पोखरामा जारी ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सले पहिलो जित निकालेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा लेखनाथ ईगल्सले लेकसाईड फाल्कोनलाई ५६ रनले पराजित गरेको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा लेखनाथ ईगल्स न्यूरोड हबसँग ७ विकेटले पराजित भएको थियो । लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट… पुरा पढौ

भवन निर्माण तथा बस्ती विकास सम्बन्धी विधेयकमा छलफल

गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशमा भवन निर्माण, तथा बस्ती विकास गर्ने कार्यलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाई नागरिक जीवन सुरक्षित बनाउन, मौलिक पहिचान झल्किने, भवन निर्माणको मापदण्ड… पुरा पढौ

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

पोखरा, १४ चैत, यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो । जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन… पुरा पढौ

पोखरामा लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, चैत, पर्यटनको राजधानि पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता २०८२ हुने भएको छ । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ एमको आयोजनामा पोखरा रंगशालाको कभर्डहलमा आउँदो वैशाख १८ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आज(बिहीबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि https://www.youtube.com/watch?v=UWE4ufINgRQ ५ दिन चल्ने प्रतियोगितामा विदेशी सहित ६ टिमको सहभागी हुने डिष्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले बताउनु भयो । पाहुना टोली पाकिस्तान भलिवल क्लव इस्लामावाद, नेपाल पुलिस… पुरा पढौ

टानसंग भेटवार्ताः पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने महाप्रबन्धक यानको भनाई

दीननाथ बराल,पोखरा १३, चैत, चिन ट्राभल सर्भिस इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुनले पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितको टोलीसंग बुधबार महाप्रबन्धकसंगको भेटवार्तामा उहाँले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्न पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको हो । पोखरेलीको लामो समेत आन्दोलनबाट पोखरा विमानस्थ बनेको बिषयले आफुहरुले यसलाई नियमित… पुरा पढौ

प्रतिभा एजुकेशन फाउण्डेसनद्धारा अर्को शैक्षिक संस्था एभरग्रीन एकेडेमी संचालनमा ल्याउने तयारी

दीननाथ बराल,पोखरा १३, चैत, पोखराको शैक्षिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको प्रतिभा एजुकेशन फाउण्डेसनले अर्को शैक्षिक संस्था एभरग्रीन एकेडेमी संचालनमा ल्याउने तयारी गरेको छ । बिद्यार्थीहरुको मनोभावना अनुसार उहाँहरुको रुचि र चाहना अनुसारको पढाई हुने गरी नयाँ शैक्षिक संस्था आगामी शैक्षिक सत्र २०८२ देखि संचालन गरिने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा–३ तेर्सापट्टी रहेको उक्त एकेडेमीमा आफ्नै सुविधा सम्पन्न भवनमा विश्वस्तरको शिक्षा प्रदान गर्ने गरि संचालन गर्ने अन्तिम तयारी गरिएको प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण… पुरा पढौ

चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता पोखरामा शुरु

पोखरा, चैत १३, ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरामा बुधबारदेखि शुरु भएको उक्त प्रतियोगिता पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो ।लेखनाथ स्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । लेखनाथ… पुरा पढौ

‘वाडा अटो शो’को तयारी पुरा, विहिबारदेखि शुरु भई ४ दिन चल्ने

चैत्र १३, पोखरा, पोखरामा पहिलो पटक हुन लागेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ को तयारी पुरा भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा गर्न लागेको नाडा प्रिजेन्ट्स ‘वाडा अटो सो २०२५’ को सम्पुर्ण तयारी पुरा भएको तथा बिहिबार विहान ११ बजेदेखि औपचारिक रुपमा शुरु हुने कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए । अमरसिंहचौरमा चैत्र १४ गते विहिबारबाट शुरु भइ ४ दिन सम्म चल्ने सोमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७… पुरा पढौ

चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किए, नियमित उडान गर्ने बिषयमा छेन्दु ट्राभलका महाप्रबन्धक यान र मुख्यमन्त्री पाण्डे बिच भेटवार्ता

दीननाथ बराल,पोखरा, १२ चैत, मित्र राष्ट्र चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किएका छन् । चिनको सिचुवान प्रशान्तका छेन्दु सहितका क्षेत्रबाट पोखरा आएको चिनियाँ पर्यटकको टोली आज चिन फर्किएको छ भने पोखरा देखि चिनको छेन्दु लगायतका शहरमा पुगेको टोली मंगलबारै स्वदेश फर्किएको हो । मंगलबार छेन्दुबाट बिहान करिब ९ः०० बजे उडान गरेको छेन्दु एअरलाइन्स कम्पनीको जहाज करिब ३ घण्टामा पोखरामा अवतरण गरेको थियो जसमा १ सय २३ जना यात्रु रहेका थिए । त्यसै गरी पोखराबाट चिनिया टोली चिन तर्फ… पुरा पढौ