जिवनशैली पत्रिका

पाल्पाली समाज पोखरामा श्रीधर पराजुली

पोखरा, १८ चैत, पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र कोषाध्यक्ष सुनिल अर्याल चयन भए । कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरीराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र पार्वती बिक छन्… पुरा पढौ

प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी

दीननाथ बराल,काठमाडौं , १८ चैत, प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट कमल गिरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित हुनु भएकाे छ । आईतबार राती अबेर भएकाे निर्वाचनमा गिरीले ३ सय ६६ मत ल्याउदै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।काठमाडौंको थापागाउँमा आज बिहान सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी हुनु भएकाे हाे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएकाे… पुरा पढौ

राजावादीको आन्दोलनमा पत्रकार रजक र एक युवा मर्हजनको मृत्यु

काठमाण्ठौं १५, चैत, राजावादीको आन्दोलनको क्रममा आगजनीबाट एक पत्रकारको मृत्यु भएको छ भने एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले काठमाण्डौंको तीन कुनेको एक घरमा तोडफोड गर्दै आगजनी गरे पछि फोटो तथा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एभिन्यूज टेलिभिजनमा लाइभ गर्दै गर्दा उनको चौथो तलामा आगोले जलेर मृत्यु भएको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको जनाए । यसैबिच,… पुरा पढौ

न्यूरोड हब ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पीयन

पोखरा, चैत १५, पोखरामा सम्पन्न ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पीयन बनेको हो । न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई ७ विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित गरेको थियो । समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर २ अंक बटुल्दै दोश्रो हुँदा लेकसाईड फाल्कोन जितिविहीन् बन्दै अंक… पुरा पढौ

जनप्रतिनिधी र क्रियापुत्रीले पोखराको एकै केन्द्रबाट एसईई परिक्षामा सहभागि, गण्डकीका मुख्यमन्त्री पाण्डे र मन्त्री थापाद्धारा निरिक्षण

पोखरा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए । कास्कीमा पनि एसईई परीक्षा ११ हजार ६ सय ७६ जनाले सहभागिता जनाए । परीक्षाको अन्तिम दिन शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न परीक्षा केन्द्रमा पुगी अवलोकन गरेका छन् । निरीक्षणका क्रममा विन्ध्यवासिनी मावि,बाटुलेचौरमा पुगेका मुख्यमन्त्री सहितको टोलीलाई… पुरा पढौ

राजाबादीको आन्दोलन, काठमाण्डौं तिनकुने क्षेत्र रणभूमि

काठमाण्डौं १५, चैत काठमाण्डौं तिनकुने क्षेत्र रणभूमिमा परिणत भएको छ । राजाबादी प्रदर्शनकारी र प्रहरी बिच झडक भएसंगै काठमाण्डौं तिनकुने क्षेत्र रणभूमिमा परिणत भएको स्थानियले बताउनु भयो । प्रर्दशनकारीहरुले तीनकुनेका घरहरूमा तोडफोड र आगजनी गरेका छन् । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको बताइन्छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । विभिन्न ठाउँबाट र्‍याली सहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि… पुरा पढौ

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा, १५ चैत, पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । उक्त अवसरमा अध्यक्ष पौडेलले अहिलेका लागि बिदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । विदाई भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए । ‘अबको केही… पुरा पढौ

पोखरामा वाडा अटो शो’ सुरु, १९ ब्राण्डका गाडीको बिक्रि तथा प्रर्दशन

दीननाथ बराल,पोखरा, चैत्र १५ , पोखरामा विहिबार देखि वाडा अटो सो २०२५ को सुरु भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा पहिलो पटक वाडा अटो सो २०२५’ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए । अमरसिंहचौरमा ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्दै पोखरामा अटो व्यवसायलाई ब्यबस्थित गनुपर्ने बताए । पछिल्लो समयमा बिद्युतीय सवारी साधनको अत्याधिक प्रयोग बढेको उनले जनाए । महानगरले २० लाख पर्यटक भित्राउले लक्ष्य सहित… पुरा पढौ

६८ औ राष्ट्रिय सहकारी दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइने

दीननाथ बराल, पोखरा १४, चैत, ६८ औ राष्ट्रिय सहकारी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला सहकारी संघ कास्कीको आयोजनामा यही चैत १४ गते देखि २० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ६८ औं सहकारी दिवस मनाउने भएको आज(विहिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । मर्यादित सहकारी समुन्नत समाज भन्ने मूल नाराका साथ यही चैत २० गते मानव अधिकार चोकमा भेला भई प्रभातफेरी सहित पोखरा सभागृहमा एक समारोहका बिच सहकारी दिवस मनाइने भएको संघका… पुरा पढौ

पर्यटन मन्त्री बस्याल र महाप्रबन्धक यान विच भेटवार्ता

पोखरा, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुन र उनकी सेक्रेटरी ली शिन बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स ले हालै सुरु गरेको पोखरा छेन्दु चार्टर्ड हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएको सम्वन्धमा कुराकानी भएको छ । यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा(छेन्दु चार्टर उडानले… पुरा पढौ