
काठमाण्ठौं १५, चैत,
राजावादीको आन्दोलनको क्रममा आगजनीबाट एक पत्रकारको मृत्यु भएको छ भने एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले काठमाण्डौंको तीन कुनेको एक घरमा तोडफोड गर्दै आगजनी गरे पछि फोटो तथा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एभिन्यूज टेलिभिजनमा लाइभ गर्दै गर्दा उनको चौथो तलामा आगोले जलेर मृत्यु भएको बताइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको जनाए । यसैबिच, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका उनको उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पताल श्रोतले जनाएको छ ।