प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
काठमाडौं , १८ चैत,

प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट कमल गिरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित हुनु भएकाे छ । आईतबार राती अबेर भएकाे निर्वाचनमा गिरीले ३ सय ६६ मत ल्याउदै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।
काठमाडौंको थापागाउँमा आज बिहान सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी हुनु भएकाे हाे ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएकाे निर्वाचन समितिका संयाेजक गोविन्द आचार्यले बताउनु भयाे । प्रेस सेन्टर नेपालकाे महासचिवमा मनोज घर्तीमगर विजय हुनु भएकाे छ । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजयी हुदाँ उहाँका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गर्नु भयाे । त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित हुनु भयाे । ९९ सदस्यीय केन्द्रीय समिती र २९ सदस्यीय पदाधिकारीमध्ये अन्य पदमा भने निर्विराेध भएकाे थियाे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका पत्रकार हुन् भने रावल उपमहासचिव जनार्दन शर्मा निकट भएकाे बताईन्छ ।

गण्डकीमा
प्रेस सेन्टर नेपालकाे पाँचौ महाधिवेशनबाट गण्डकी प्रदेशका दीपक श्रेष्ठ (समावेसी) उपाध्यक्षमा, सचिवमा दीपक भट्टराई, लेखा आयाेगका संयाेजकमा अमृतराज उपाध्याय, केन्द्रीय सदस्यहरूमा घनश्याम पाण्डे, कृष्णप्रसाद दवाडी, थम्मन थापा, जुना तामाङ, संगिता चेपाङ,लेखा आयाेगका सदस्यमा निर्मल पाैडेल सर्वसम्वत रूपमा निर्वाचित हुनु भएकाे छ ।

महाधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मत परिणााम ।
अध्यक्ष: कमल गिरी ३६६
वरिष्ठ उपाध्यक्ष: सुरेशचन्द्र अधिकारी ३९७
महासचिव: मनोज घर्ती मगर ३७९
उपमहासचिव: ज्ञानप्रसाद पौडेल १६५
खुला सचिव: सुरेन्द्र चालिसे २६२
खुला सचिव: सन्तोष देउजा १८२
महिला सचिव: अन्जली थापा ३१०
समावेशी सचिव: अवतार राई २२६
कोषाध्यक्ष: वसन्त गिरी ३३५