राजाबादीको आन्दोलन, काठमाण्डौं तिनकुने क्षेत्र रणभूमि

-


     पोखरा क्लिक     
     चैत्र १५ गते २०८१ मा प्रकाशित


काठमाण्डौं १५, चैत

काठमाण्डौं तिनकुने क्षेत्र रणभूमिमा परिणत भएको छ । राजाबादी प्रदर्शनकारी र प्रहरी बिच झडक भएसंगै काठमाण्डौं तिनकुने क्षेत्र रणभूमिमा परिणत भएको स्थानियले बताउनु भयो ।

प्रर्दशनकारीहरुले तीनकुनेका घरहरूमा तोडफोड र आगजनी गरेका छन् । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको बताइन्छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

विभिन्न ठाउँबाट र्‍याली सहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै प्रही तैनाथ भए पछि उक्त स्थानमा अबस्था असामान्य भएको हो । तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका हुन् । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा कार्यकर्ताहरूले घरमा आगजनी गरेका थिए । उक्त आन्दोलनको क्रममा राजाबादी तथा केही प्रहरी घाइते हुनु भएको छ ।

व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।



This will close in 20 seconds