
दीननाथ बराल,
पोखरा १३, चैत,
चिन ट्राभल सर्भिस इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुनले पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितको टोलीसंग बुधबार महाप्रबन्धकसंगको भेटवार्तामा उहाँले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्न पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको हो ।

पोखरेलीको लामो समेत आन्दोलनबाट पोखरा विमानस्थ बनेको बिषयले आफुहरुले यसलाई नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा सबै सरोकारवाला पक्ष र सरकारी निकायबाट समेत साथ र सयहोग आवश्यक भएको महाप्रबन्धक यानले जनाउनु भयो । पोखरा, लेखनाथ उद्योग बाणिज्य संघ हुदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका व्यक्तिहरुसंगको भेटघाटले आफुलाई समेत उर्जा मिलेको उहाँको भनाई थियो ।
पोखरामा विभिन्न निकायका व्यक्तिहरु संगको भेटघाटमा आफुले सोचे भन्दा धेरै राम्रो व्यवहार देखाउनु भएको उहाँले जनाउनु भयो । पोखरा भ्रमण बर्षलाई सफल पार्न यस्तै प्रर्बद्धनात्मक कार्यक्रम आवश्यक भएको महाप्रबन्धक यानले बताउनु भयो ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले उहाँलाई कार्यालयमा फुलमालाले स्वागत गर्दै पोखराको पर्यटन प्रबद्र्धनमा चिनिया पर्यटकको पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । टानमा हाल १ सय ७८ जना व्यावसायी आबद्ध रहेको बताउदै उहाँले प्याराडाईज पोखरा पर्यटनको आक्रर्षण अन्नपूर्ण पदमार्ग, प्याराग्लाईडिङ लगायतका साहसिक खेलकुदका गतिविधि रहेको उल्लेख गर्नु भयो । पोखरा देखि चिनको छेन्दुसम्म पहिलो व्यवसायीक चार्टर्ड उडानमा सहभागि हुने पोखरेली टोलीलाई धन्यवाद दिदै उहाँले आगामी दिनमा हुने प्रबर्धनात्मक कार्यक्रममा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्नु भयो ।
कोभिड पछि चाईनिज पर्यटक घट्दो अबस्थामा रहे पनि यस चालु बर्षमा चिनबाट नेपाल तथा पोखरा आउने चिनियाँ पर्यटकको सङख्यामा बृद्धि भएको उहाँले जनाउनु भयो । चिन सरकारले नेपाल भ्रमण बर्ष घोषणा गरेको अबस्थामा सिचुवान एअरलाईन्सले सुरू गरेको पोखरामा व्यवसायीक चार्टर्ड उडानले पोखराको पर्यटन प्रबद्र्धन हुने अध्यक्ष आचार्यले जनाउनु भयो । हवाई फ्लाईट महङ्गो भएकोले सहुलियत दरमा व्याबस्थापन गर्न टानले माग गरेको छ । नेपालमा ढुक्क भएर चिनिया पर्यटक पठाउन अध्यक्ष आचार्यले जनाउनु भयो । कार्यक्रममा पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, टानका निवर्तमान अध्यक्ष धर्मराज पन्थी लगायतको सहभागिता रहेको थियो ।