पोखरामा लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १४, चैत,

पर्यटनको राजधानि पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता २०८२ हुने भएको छ । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ एमको आयोजनामा पोखरा रंगशालाको कभर्डहलमा आउँदो वैशाख १८ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आज(बिहीबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि

५ दिन चल्ने प्रतियोगितामा विदेशी सहित ६ टिमको सहभागी हुने डिष्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले बताउनु भयो । पाहुना टोली पाकिस्तान भलिवल क्लव इस्लामावाद, नेपाल पुलिस क्लव, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लव प्रतियोगितामा सहभागिता हुने पक्का भएको बताउदै उहाँले भारत र इरानको टिमसंग कूराकानी भइरहेको उल्लेख गर्नुभयो ।

प्रतियोगितामा विजेता टीमलाई ४ लाख ४४ हजार ४ सय ४४, उपविजेतालाई टिमलाई २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, तेश्रो हुने टिमलाई भने १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ प्रदान गरिने क्याविनेट सेक्रेटरी शिवराज आचार्यले बताउनु भयो ।
अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५४ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिवल भएकोले उक्त खेलको प्रबद्र्धन गर्न प्रतियोगिता गर्न लागिएको अध्यक्ष अर्यालले बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिवल संघ र गण्डकी प्रदेश खेलकुद परिषदको स्विकृती तथा गण्डकी प्रदेश भलिवल संघको प्राविधिक सहयोग, पोखरा महानगरपालिका प्रवद्र्धन र गण्डकी प्रदेशको बिशेष सहयोगमा लायन्सको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल खेल आयोजना गर्न लागिएको उहाँले दाबी गर्नु भयो । फष्ट भाईस डिष्ट्रिक गभर्नर धनिराम बरालले लाइन्स क्लवले सुरु गर्ने उक्त प्रतियोगितालाई सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गर्नु भएको छ ।