
दीननाथ बराल,
पोखरा, १२ चैत,
मित्र राष्ट्र चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किएका छन् । चिनको सिचुवान प्रशान्तका छेन्दु सहितका क्षेत्रबाट पोखरा आएको चिनियाँ पर्यटकको टोली आज चिन फर्किएको छ भने पोखरा देखि चिनको छेन्दु लगायतका शहरमा पुगेको टोली मंगलबारै स्वदेश फर्किएको हो ।
मंगलबार छेन्दुबाट बिहान करिब ९ः०० बजे उडान गरेको छेन्दु एअरलाइन्स कम्पनीको जहाज करिब ३ घण्टामा पोखरामा अवतरण गरेको थियो जसमा १ सय २३ जना यात्रु रहेका थिए । त्यसै गरी पोखराबाट चिनिया टोली चिन तर्फ प्रस्थान गर्नु अघि पोखरेलीले उहाँहरुलाई बिदाई तथा पोखरामा आएका पर्यटकहरुलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलमा खादा लगायर स्वागत गरिएको थियो ।
पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, सिचुवान एअरलाइन्स लगायतको सहकार्यमा पोखरा देखि छेन्दु सिधा व्यवसायीक पहिलो चार्टर्ड उडान भएको हो । पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरा देखि चिनको छेन्दु पुगेको १ सय २६ सदस्य टोलीले चिनको छेन्दु सहित, लुजाउ, ईमि, छोङछिङ लगायतका ठाउँमा तथा केही महत्वपूर्ण स्थानमा समेत अध्ययन अवलोकन सहित भ्रमण गरेको कार्यक्रम संयोजक एवं परिषदका महासचिव जीवनराज सापकोटादले बताउनु भयो । पहिलो व्यवसायीक फ्लाइट सफलता पूर्वक भएको उहाँले दाबी गर्नु भयो । गण्डकी प्रदेशको राजधानि पोखराबाट नियमित हवाई उडान गर्नको लागि प्रदेश सरकारले यसमा बिषेश पहल गर्न उहाँले माग गर्नु भयो । पोखराका मेयर धनराज आचार्य केही दिन अघि चिनबाट फर्किएसंगै महानगरका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईको नेतृत्वमा टोली मंगलबार पोखरा आएको हो । महानगरले घोषणा गरेको २० लाख पर्यटक भित्राउने पोखरा भ्रमण बर्षलार्ई चिन सरकारको सहयोगमा पूरा हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । चिनकोे छोङछिङ र छेन्दुमा सेल्स मिसन बिज्नेस टु बिज्नेस(बी टु बी) कार्यक्रम हुनुले दुई देशका टु गाईड अप्रेटर सहितका पर्यटन व्यवसायीहरु बिचको सम्बन्ध प्रगाढ भएको जसले नेपाल र चिनको पर्यटन प्रबद्र्धनमा धेरै मद्धत पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । नेपालमा चिनियाँ पर्यटक बढाउन चिनका अन्य शहरहरुमा यस्तै प्रबद्र्धनात्मक कार्यक्रम, तालिम सहितका विभिन्न प्रमोशनल कार्यक्रम गर्ने उहाँले बताउनु भयो । नेपाल र चिन बिचको कुटनीतिक सम्बन्धको ७० ओै बर्षगाँठको अवसरमा चिन सरकारले सन् २०२५ मा नेपाल भ्रमण बर्ष घोषणा गर्नु र पोखरा महानगरपालिकाले २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा उक्त कार्यक्रमले दुई देशको पर्यटन प्रर्बद्वन हुने प्रमुख लामिछानेले बताउनु भयो ।
२ बर्ष भन्दा लामो समय देखि पोखरामा संचालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो पटक व्यवसायीक चार्टर्ड फ्लाईट हुनु यस क्षेत्रको सम्भावनाको ढोका खुलेको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । ऐतिहासिक फ्लाइट भएकोले अबको ३ महिना चार्टर्ड फ्लाइट सफल भएसंगै सिचुवान एअरलाइन्सले नियमित हवाई उडान गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । चैत ५ गते पोखरामा आएको १ सय २७ सदस्य चिनिया टोली एक साता नेपाल भ्रमण पश्चात अधिकांश चिन तर्फ फर्किनु भएको छ । विभिन्न रुट हुदै काठमाण्डौं सहित देशका विभिन्न स्थानमा पुगेका चिनिया पर्यटकहरु पोखराबाट सिधा हवार्य उडान भएको खण्डमा पोखराबाट समेत चिन जान थालेको पोखरा भ्रमण बर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले बताउनु भयो । पहिलो व्यवसायी चार्टर्ड फ्लाइटमा पोखरा देखि चिन तर्फ गएका केही पर्यटक भने काठमाण्डौं लगायतका क्षेत्रबाट आएको उहाँले जनाउनु भयो । सिचुवान एअरलाइन्सले नियमित हवाई उडान गरे चिन तर्फ जाने देशका अन्य शहरबाट पोखरा हुदै चिन जाने धेरै पर्यटक हुने संयोजक भट्टराईले जनाउनु भयो । चिनिया टोलीले पोखरा सहित लुम्बिनी, सौराह र काठमाण्डौंसम्म भ्रमण गरेको थियो ।
त्यसै गरी आउदो मंगलबार चैत १९ गते पुनः चिनको छेन्दुबाट १ सय २७ सदस्य पर्यटकको टोली सिधै पोखरा आउने भएको छ भने उद्योग बाणिज्य संघहरुको सहकार्यमा पोखराबाट सिधा चिनको छेन्दु जाने तयारी भएको पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्यले बताउनु भयो । पोखरा सहित लेखनाथ उद्योग बाणिज्य संघ एंव गण्डकी प्रदेशका विभिन्न जिल्ला नगर उद्योग बाणिज्य संघका प्रतिनिधिहरु समेत अबको दोश्रो फ्लाइटमा पोखराबाट चिन प्रस्थान गर्ने बताउनु भयो । पोखरा देखि छेन्दु नियमित हवाई उडान गर्न गण्डकी प्रदेश सरकारले आग्रह गरेको छ । चिन ट्राभल सर्भिस इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुनसंगको भेटघाटको क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छेन्दु देखि पोखरासम्म सिधा हवार्ई उडान गर्न माग गर्नु भएको हो ।
भेटघाटको क्रममा उहाँले छेन्दु देखि पोखरासम्मको सिधा हवाई उडान गर्ने बिषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन दिनु भएको छ । व्यवसायीक क्षेत्रबाट व्यवासायीक चार्टर्ड उडानको सुरुवात भएकोमा धन्यवाद दिदै मुख्यमन्त्री पाण्डेले यसलाई नियमित हवाई उडान गर्न नीजि क्षेत्र सहित सरकारी तहबाट समेत सहयोग हुनुपर्नेमा जोड दिनुभयो । पोखरा देखि चिनको छेन्दुसम्म नियमित रूपमा सिधा हवाई गर्न पोखरेलीले माग गरेका छन्। पोखरा देखि छेन्दु नियमित हवाई उडान गर्ने बिषयमा गण्डकी प्रदेश सरकार समेत सकरात्मक भएको परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले फोखराक्लिकलाई बताउनु भयो । नेपालमा छोटो दुरीको विश्वकै चर्चीत शहर लुजाउ, छेन्दु लगायतबाट पोखरामा उडानको धेरै सम्भावना भएको उहाँको भनाई छ ।