जिवनशैली पत्रिका

पोखरा सहित कास्कीका कुन कुन बिद्यालयका कति बिद्यार्थीले प्राप्त गरे फो जिपिए !

पोखरा १३, असार, पोखराको मदरल्याण्ड स्कुलका ११ जना बिद्यार्थीहरुले यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याउनु भएको बिद्यालयका प्राचार्य नारायण बरालले बताउनु भयो । त्यसै गरी पोखराको फिस्टेल एकेडेमीका ४ जना बिद्यार्थीले फो जिपिए ल्याउन सफल भएको बिद्यालयका प्रिन्सिपल चिनु रानाभाटले बताउनु भयो । त्यसै गरी भद्रकालि माध्यामिक बिद्यालयबाट ४ जनाले फो जिपिए ल्याएको बिद्यालयले बताएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयका शोभाकान्त सिग्देलले बताउनु भयो । जनप्रिय माविका ४ विद्यार्थीले… पुरा पढौ

एसईईमा मदरल्याण्ड माविको ऐतिहासिक सफलता, ११ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा, १३ असार, पोखरा–७ मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले एसइई २०८१ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा हासिल गरेको छ । हालसम्म प्राप्त विवरण अनुसार विद्यालयका ११ जना विद्यार्थीले पूर्ण ४ जीपीए ल्याउन सफल भएको बिद्यालय परिवारले जनाएको छ । ४ जीपीए ल्याउने विद्यार्थीहरूमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी रहेको बिद्यालयका विद्यालयका प्राचार्य नारायण बरालले पोखराक्लिकलाई बताउनु भयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष… पुरा पढौ

कुमुदिनी होम्सको साहित्यिक मञ्चको अध्यक्षमा योमन श्रेष्ठ र पदाधिकारी निर्वाचित चयन

पोखरा, १३ असार, पोखरा महानगरपालिका वडा नं ३ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा नर्विाचन शिक्षण सिकाईपछि देशको संघ, प्रदेश र स्थानीय निर्वाचन प्रणाली अनुसार कुमुदिनी साहित्यिक मञ्च गठन गरिएको छ । मञ्चको अध्यक्षमा कक्षा १२ व्यवस्थापनका योमन श्रेष्ठ निर्वाचित भएका छन् । चरा पार्टीका श्रेष्ठले ११८ मत पाएर चयन भएका छन् । उपाध्यक्षमा कक्षा १० ग का कलम पार्टीका प्रतिक पौडेलले १०० मत पाएर निर्वाचित भएका छन् । सचिवमा कक्षा ९ क का चरा पार्टी लियोन पुनले १११ मत… पुरा पढौ

तस्विरमा पोखरा–९’फोटो प्रदर्शनीमा उल्लेखनिय सहभागिता, (भिडियो सहित)

दीननाथ बराल,पोखरा १३, असार, नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनी भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी भएको नपीजेए कास्कीका अध्यक्ष राम गुरुङले पोखराक्लिकलाई जानकारी दिए । https://www.youtube.com/watch?v=dJe6w8Q2J88 उक्त कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनिय सहभागिता रहेको उनले दाबी गरे । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिएको र फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य… पुरा पढौ

राष्ट्रिय महिला ह्याण्डबलमा लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

पोखरा १३, असार, पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे । शुक्रबार समूह ‘ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश… पुरा पढौ

फिस्टेलएसइई कप तथा फिस्टेलएसइई स्कलर्श कप २०८२ सम्पन्न

पोखरा, १३ असार, पोखरा १७ मा रहेको फिस्टेल एकेडेमी आई.बी.वल्र्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरूका बिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ । यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेलनन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. बिस हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. दश हजार हात पा¥यो ।यस प्रतियोगितामादेशभरका विभिन्न जिल्लाबाट जम्मा ३६ टिम… पुरा पढौ

गोर्खा र कास्कीमा बढी बजेट परेको बिषयमा प्रष्ट्याउदै मुख्यमन्त्री पाण्डे, केही दिन अघि आक्रोश पोख्नु भएको सदनमा कुल…

दीननाथ बराल,पोखरा, १३ असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही दिन अघि पत्रकार माथि र सांसदहरु माथि आक्रोश पोख्नु भएकोमा आज संसदमा बजेट माथि उठेका प्रश्नको जबाफ दिदा भने निकै भावुक तथा नरम स्वभावमा जबाफ दिनु भएको छ । गोर्खा र कास्की जिल्लामा बढी बजेट विनियोजन हुनुका पछाडि प्रष्ट कारण प्रस्तुत गर्दै उहाँले शुक्रबारको प्रदेशसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनु भएको हो । पुराना बहुवर्षीय योजनाहरू र प्रशासनिक संरचनाको केन्द्रिकरणलाई उहाँले मुख्य कारण देखाउनु भयो । प्रदेश सरकार स्थापना (२०७४)… पुरा पढौ

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

दीननाथ बराल,पोखरा १३, असार, पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको थियो । उहाँको प्रहरी र स्थानियले उद्धार गरी… पुरा पढौ

टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते

पोखरा, टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते हुनु भएकाे छ । पाेखरा २२ पुम्दी भुम्दीकाे बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा सर्केटारकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ। पाेखराकाे छाेरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेकाे ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरकाे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएकाे छ । उक्त घटना आज करिब १२:३० बजे भएकाे काे । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की… पुरा पढौ

तेस्रो असार हिले महोत्सव पोखरा–२३ मा हुने, माग्ने बुढो, धुर्मुस र लटे प्रस्तुती हुने

जया पौडेल,पोखरा, १२ असार, पोखरा महानगरपालिका वडा नम्बर २३ को कार्यालयको आयोजनामा तेस्रो असार हिले महोत्सव यही असार १५ गते आइतबार मार्गी फेवा फाँटमा हुने भएको छ । असारको मौसमी परिवेश र रोपाइँ संस्कृतिलाई उजागर गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा हिलो, कृषि, र स्थानीय मनोरञ्जनजन्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुतीः हुने भएको स्थानिय देविलाल लामिछानेले बताउनु भयो । महोत्सवमा हिले पुरुष भलिबल प्रतियोगिता, असारे गीतसहितको धान रोपाइँ प्रतियोगिता, महिला र पुरुष हिले दौड, हिलोमा माछा छोप्ने प्रतियोगिता, हल गोरु… पुरा पढौ