जिवनशैली पत्रिका

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा, फारम भर्दै धावकहरु

पोखरा, चैत्र २१, नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै… पुरा पढौ

चैत २७ देखि राष्ट्रिय हेमजा आलु महोत्सव हुने

पोखरा, चैत्र २१, यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट… पुरा पढौ

कुमुदिनी होम्समा दीक्षान्त समारोह सम्पन्न

पोखरा २१,चैत्र पोखरा महानगरपालिका वडा नं। ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शनिवार एक कार्यक्रमका बिच मन्टेश्वरी तर्फको प्रि(टु का विद्यार्थीहरू अभिभावकहरूको उपस्थितिमा दिक्षित भएका छन् ।विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्टेश्वरी इन्चार्ज अमृता आलेले स्वागत् मन्तव्य राख्नुभएको थियो। सत्रौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले हरेक वर्ष मन्टेश्वरी तहको पढाइ सकेर कक्षा एकको प्रवेशलाई विशेष कार्यक्रमको आयोजना गरेरै यसरी विद्यार्थीलाई दिक्षित गराइँदै आएको कुरा व्यक्त गर्नुभयो ।यो अब कुमुदिनीको संस्कार… पुरा पढौ

रेडियो अन्नपूर्णको रक्तदानमा १ सय ५० युनिट रगत संकलन

पोखरा, चैत २१, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २४ औँ बृहत रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको छ । रेडियो र इन्टरनेटको संयुक्त आयोजनामा “रक्तदान म पनि गर्छु” भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–४ गैह्रापाटनमा भएको रक्तदान कार्यक्रममा १२० जना पुरुष र ३० जना महिला गरि १ सय ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। तीमध्ये ३५ जना नयाँ रक्तदाता रहेका छन् । रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यलय कास्कीका… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डमा आईएमई खल्तीको साथ, पिपुल्स च्वाइस अवार्डका लागि अनलाइन भोटिङ सहकार्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ । शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम… पुरा पढौ

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

लेखनाथ, १८ चैत्र, लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि रोजगारिको क्षेत्रमा राज्यका सेवा सुविधाबाट बञ्चित भईरहेका व्यक्तिहरुका लागि कार्यक्रम फलदायी हुने वताउँदै यसबाट उद्योगी व्यवसायीहरु समेत लाभान्वित हुने वताएकी… पुरा पढौ

पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको तयारी शुरू

पोखरा , खरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ को तयारी शुरू भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको तयारी शुरू भएको हो । २०७९ सालमा चितवनमा सम्पन्न तेस्रो संस्करणको सो च्याम्पियनसिप तीन वर्ष पछि पोखरामा हुने भएको नेपाल एथलेटिक्स संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“यो प्रतियोगिता हरेक वर्ष हुनुपर्ने थियो । तर विविध कारणले… पुरा पढौ

रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटकोे बृहत रक्तदानको तयारी पुरा

पोखरा, चैत १९, रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहि चैत २१ शनिवार हुने बृहत रक्तदानको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम रेडियो अन्नपूर्णको कार्यालय पोखरा– ४ गैह्रापाटनमा शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ । रेडियो वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने लागेको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए। चैत महिनामा रक्तदानका कार्यक्रमहरु कम… पुरा पढौ

आमा समूहको योगदान समाज रूपान्तरणमा महत्वपूर्ण मन्त्री थापा

स्याङजा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समाजसँगै समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा बोल्दै मन्त्री थापाले आमा समूहहरू समुदायस्तरमा सामाजिक जागरण, एकता, सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गरे । उनले विशेषगरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तीकरण, सामाजिक विकृति न्यूनीकरण, आयआर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताए… पुरा पढौ

चैत २९ देखि पोखरा सुरु हुने फेवा महोत्सवको तयारी तिव्र (भिडियो सहित) पन्चेबाजा, पर्यटक दौड, रात्रिकालिन दौड मुख्य आकर्षण

पोखरा, १९ चैत, नेपाली नयाँ बर्ष २०८३ को अवसरमा यस बर्ष पनि यही चैत २९ गतेदेखि संचालन हुने २१ औं फेवा नव बर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ३ दिने उत्तः महोत्सवमा तीन लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य सहित तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखरा नेपालले आज(विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=ls52Mdb0RDY वैशाख १ गतेसम्म संघले लेकसाइडको सडकमा यो महोत्सव आयोजना गर्दै छ । महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म… पुरा पढौ