जिवनशैली पत्रिका

अन्नपूर्णको बजेट ५८ करोड ९५ लाख

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आउदो बर्षको लागि ५८ करोड ९५ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले चालु तर्फ ४२ करोड ५१ लाख ६३ हजार र पूंजिगत तर्फ भने १६ करोड ४४ लाखको बजेत प्रस्तुतः गरिन् । चालु आर्थिक बर्षमा अन्नपूर्णले ५८ करोड ७८ लाख बजेट विनियोजन गरेको थियो । यस अघि पालिका अध्यक्ष बिष्णु बहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटको पूर्णपाठ सहित । annapurna-baject-11Download पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको बजेट ६९ करोड १ लाख

कास्कीको मादी गाउँपालिकाले आउँदो आर्थिक बर्षको लागि ३ करोड २६ लाख चालु आर्थिक बर्षको भन्दा कम बजेट प्रस्ताव गरेको छ । पालिकाले आउदो बर्षको लागि ६९ करोड १ लाखको बजेट प्रस्ताव गरेको उपाध्यक्ष कल्पना गुरुङले बताइन् । चालु आर्थिक बर्षमा पालिकाले ७२ करोड २७ लाखको बजेट विनियोजन गरेको थियो । यस अघि पालिकाको नीति तथा कार्यक्रम पालिका अध्यक्ष देविजंग गुरुङले प्रस्तुतः गरेका थिए । बजेटको पूर्णपाठ सहित । बजेट-वक्तव्य-आ.ब-२०८१-८२-madiDownload पुरा पढौ

पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा विभागीय टोली हावी

पोखरा, ११ असार, पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए । यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित… पुरा पढौ

दिलीपराज पौडेललाई विद्यावारिधी उपाधि

पोखरा, ११ असार पोखरा विश्वविद्यालयले नेपालमा निवृत्तिभरणको व्यवस्थामा सुधार विषयमा शोध तयार गर्नुभएका दिलीपराज पौडेललाई विद्यावारिधी उपाधि प्रदान गरेको छ । पोखरा विश्वविद्यालयको काउन्सिल अफ डक्टरेट स्टडिजको निर्णय अनुसार पौडेललाई विद्यावारिधी उपाधि प्रदान गरिएको हो । वि सं २०२६ साल बैशाख २७ गते भरतपुर नगरपालिका वडा नं ५ नारायणपुरमा जन्म भई हाल ललितपुरमा बसोवास गर्दै आउनुभएका पौडेल बिगत ३४ बर्षदेखि कर्मचारी संचय कोषमा कार्यरत हुनुहुन्छ । यस अघि पोखरास्थित कर्मचारी सञ्चय कोषमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालीसक्नुभएका उहाँ हाल कर्मचारी सञ्चय… पुरा पढौ

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड, कृषिमा १३ करोड

भरतपुर, असार १० चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ । प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३… पुरा पढौ

पठाओ, टुटल, ईनड्राईभ मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा पोखरामा २६ सवारी साधनलाई कार्वाही

दीननाथ बराल,पोखरा १०, असार, पोखरामा पठाओ, टुटल, ईनड्राईभ जस्ता मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ वटा सवारी साधनलाई कार्वाही भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा क्षेत्र भित्र निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनधिकृत मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा ४ वटा ट्याक्सी सहित २६ वटा सवारी साधनलाई नियन्त्रणमा लिदै कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ । गण्डकी प्रदेश यातायात व्यबस्था कार्यालय कास्कीको दर्ता नगरी… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख

पोखरा १०, असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट ल्याएको छ । माछापुच्छ्रे गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट प्रस्ताव गर्नु भएको हो । यस अघि पालिकाका अध्यक्ष मिन प्रसाद गुरुङले आउदो बर्षको नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो । बजेटको पूर्णपाठ सहित । माछापुच्छ्रे गाउँपालिका, लाहाचोक, कास्की बजेट वक्तव्य आर्थिक वर्ष 208१।08२ सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु,      आज हामी यस… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच सम्झौता

     गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख

पोखरा, असार १० पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो । त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू… पुरा पढौ

कास्कीको रुपा गाँपालिकाको बजेट घट्यो, ४८ बाट घटेर ४६ करोडमा झर्यो

पोखरा १०, असार, कास्कीको रुपा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट प्रस्तुतः गरेको छ । गाँउपालिकाको आइतबार भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष लालसुब्बा गुरुङले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक बर्ष २०८१÷०८२ को लागि करिब ३.७२ प्रतिशक कम बजेट प्रस्तुतः भएको हो । चालु आर्थिकमा ४८ करोड ५७ लाख भएको बजेट आउदो बर्षको भने घटेर ४६ करोड ७६ लाखमा खुम्चिएको हो । बजेटको… पुरा पढौ