जिवनशैली पत्रिका

पोखरामा छैटौ केन्पो काई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी… पुरा पढौ

एमालेमाथि गिद्धेदृिष्ट लगाउने आफै सकिन्छन् स्थायी कमिटी सदस्य अधिकारी

पोखरा १५ असार, नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन नसक्ने ठोकुवा गर्नुभयो । ‘एमाले सिध्याउने कोसिस गर्नेहरु आफै चकनाचुर हुन्छन्, जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन सक्दैनन्’ उहाँले भन्नुभयो । यथास्थितिको विरोधी र परिवर्तनका वाहक हुने भएकोले… पुरा पढौ

४ यसको सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा, १५ असार, पोखरा महानगरपालिका वडा नम्बर ८ को कुँवर टोलमा शनिबार भएको निशुल्क शिविरमा ४ सय १७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कुँवर समाज समिति, भवानी आमा समूह र युथ अफ कुँवर टोलको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) पोखराले गरेको थियो । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले आफैं र विभिन्न संघ, संस्थाको सहकार्यमा आयोजना गरेको यो १ सय ७५ औं शिविर हो… पुरा पढौ

पोखरामा रोपाई महोत्सवः कतै सडकमा त कतै विदेशी सहित रोपाई (फिचर फोटो)

दीननाथ बराल,पोखरा १२, असार, असार १५ गते राष्ट्रिय धान दिवस । यस अवसरमा पोखराका विभिन्न ठाँउमा फरक फरक ढंगले यो दिवस मनाइएको छ ।पोखरा पर्यटन परिषदले विदेशी पर्यटकहरुलाई आकर्षण गरी कृषि क्षेत्रको प्रबद्र्धन गर्न यस बर्ष पोखराको फेवाफाँट मार्गीमा १९ औं संस्करणको रोपाई महोत्सव आयोजना गर्यो भने पोखराको सडकै धान रोपेर पोखरामा बिरोध समेत प्रदर्शन गरिएको छ । विदेशी पर्यटकहरु १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ म हिलो खेल्दै रमाउनु भएको छ । पोखरा २३ को फेवाफाँटमा परिषदको आयोजनामा… पुरा पढौ

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।‘पहिलो चरणमा पोखरामा विद्युतीय कार,… पुरा पढौ

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता ः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताएका हुन् । “रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ”, उनले भने, “खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।” ११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उनले गराए । क्यान्सर,… पुरा पढौ

लुम्लेमा परिवार नियोजन संघको बृहत्त यौनिकता शिक्षा

नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीको लुम्लेमा दुई दिने बृहत्त यौनिकता शिक्षा सम्वन्धी तालिम शुरु भएको छ । प्रज्ञा युथ फोरमको सहयोग र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । तालिम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर के।सीले समय परिवर्तन हुदै जादाँ जनताका आवश्यकता पनि बदलिएको उल्लेख गर्नुभयो । उहाँले अन्नपूर्ण गाउँपालिका नेपाल परिवार नियोजन संघ कास्की सँगको सहकार्यमा स्वास्थ्य सम्वन्धी… पुरा पढौ

नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्‍याउने छुट छैन उप महासचिव प्रदीप ज्ञवाली

नेकपा ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहोर्‍याउने छुट नभएको बताउनुभएको छ । शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले अबको निर्वाचन मार्फत एमालेले एकल बहुमतका साथ आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्ने बताउनुभयो । ‘अब गल्ती दोहोर्‍याउने छुट छैन । अब हामी एक्लै कसैको पनि बैसाखी नटेकिकन मुलुकको नेतृत्व गर्न चाहन्छौं । समेट्ने कुरा सबैको होला, हामी अरुलाई पनि समेटौला, तर एमाले एक्लै आफ्नो खुट्टामा उभिनसक्ने बन्नुपर्छ’ उहाँले… पुरा पढौ

पोखरा रंगशालाको स्क्वास परिसरमा बृक्षारोपण

सागर सुनारपोखरा १५, असार, स्क्वास राकेट्स संघ कास्कीले शनिबार पोखरा रंगशालामा बृक्षारोपण गरेको छ । संघको एक सदस्य एक विरुवा अभियान अन्तर्गत शनिबार पहिलो चरणमा विभिन्न ७ जातका ३७ वटा बिरुवा रोपण गरिएको संघका सचिव सन्तोष घिमिरेले बताउनु भयो । रंगशाला भित्र स्क्वास संघको परिसरमा वर, पिपल, पारिजात, समी, जारकाण्डो, तेजपक्ता लगायतका बिक्षारोपण गरिएको उहाँले जनाउनु भयो । बिरुवा रोपेर मात्र ठुलो कुरा नभई त्यसलाई हुर्काउने समेत जिम्मा आफुहरुले लिने गरी एक सदस्य एक बिरुवाको अभियान सुरु गरिएको संघ कास्कीका… पुरा पढौ

फोनिज गण्डकीको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा, १४ असार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न यस्तो खालको कार्यक्रमले सहयोग पु¥याउने बताए । पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’… पुरा पढौ