जिवनशैली पत्रिका

एन आई सी एशिया बैंकद्वारा नेपाल सहित तीन देशमा सेवा संचालन हुने गरी मास्टर कार्ड जारी ,भिडियो सहित

दीननाथ बराल, पोखरा १६, असार, एन आई सी एशिया बैंकले नेपाल सहित तीन देशमा लागु हुने गरी मास्टर कार्ड सेवा शुभारम्भ (जारी) गरेको छ । बैंकले एक समारोहका बिच आइतबार पोखराको होटल बाराहीमा आयोजित समारोहमा उक्त कार्ड जारी भएको सार्वजनिक गरेको हो । उक्त कार्ड मार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट एटिएम तथा इ बैंकिङ सेवा सुविधा उपलब्ध हुने गरी सुरु गरिएको एन आई सी एशिया बैंक गण्डकी प्रदेशका प्रमुख दिपेन्द्र शर्माले बताउनु भयो । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै… पुरा पढौ

देवकोटा पुनः मन्त्रीमा नियुक्त

दीननाथ बराल, पोखरा १६, असार, नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः दोश्रो पटक मन्त्री पदमा नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर असार ११ गते संसद पुग्नु भएको देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार (आज) पहिलाकै मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँले आइतबार सपथ ग्रहण गर्नु भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाहलमा आइतबार प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । गठबन्ध हुँदा माओवादी… पुरा पढौ

सरकारलाई सांसद केसीको प्रश्न योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने

गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको छलफलमा नेकपा एमालेका सांसद केसीले प्रतिपक्षीलाई पेलिएको भन्दै असन्तुष्टि जनाए । सरकारले गर्दा धेरै सांसदलाई निर्वाचन क्षेत्रका जनतासामु जानै नसक्ने अवस्था बनेको सांसद केसीले गुनासो गरे । ‘बजेट हेर्दा जनतालाई उत्पादनसँग कसरी जोड्ने, रोजगारी सिर्जना, पर्यटनको विकास कसरी गर्ने भन्नेमा सरकार गम्भीर बनेको देखिएन,’ उनले भने, ‘यो बजेटमा… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

पोखरा, १६ असार, पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले छ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा… पुरा पढौ

उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन स् पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा १६ असार, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा ९एमाले० गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उहाँको प्रष्टोक्ति थियो । हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानको… पुरा पढौ

राइड सेयरिङलाई अंकुश लगाउने यातायात कार्यालय कास्कीको निर्णय आपत्तिजनक पठाओ नेपाल

यातायात व्यवस्था कार्यालय कास्कीले राइड सेयरिङ प्लेटफर्म बन्द गर्न सूचना जारी गरेपछी सो कदमविरुद्ध ६ वर्षदेखि नेपालमा सञ्चालित राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आपत्ति जनाएको छ । पोखरामा मिडियाकर्मीहरुसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले यातायात कार्यालयले विगतमा भएका कानूनी अभ्यासलाई समेत अवलम्वन नगरी एकपक्षीयरुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाएको भन्दै आपत्ति जनाएका हुन् । काठमाडौँ उपत्यकामा राइड सेयरिङ सेवा दिँदै आएको पठाओविरुद्ध करिब ५ वर्षअघि पाटन उच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथिको सुनुवाइ गर्दै… पुरा पढौ

जिम्न्याष्टिक प्रतियोगितामा कास्की च्याम्पियन

तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ प्रथम हुदै कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको हो । पुरुष तर्फ कास्की प्रथम हुदा कान्तिपुर जिम्न्याष्टिक क्लव दोस्रो र पर्वत जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए । त्यसैगरी महिला तर्फ कास्की जिल्ला जिम्न्याष्टिक संघ प्रथम, अञ्जुली जिम्न्याष्टिक क्लव दोस्रो र स्या∙जा जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए ।… पुरा पढौ

चौथो हेमजा हिले महोत्सव सम्पन्न

शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो। महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे। त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाश ं हे मजावास ै समेत उठे ।करिव ९बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए ।त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भऐरकलन ुँदै महोत्सव स्थलमा पुगेका हेमजावासीको बाक्लो उपस्थिती देखियो। त्यहाँ हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्र तियोगिता, उत्क ृष्ट किसानसम्मान, हलगोरु तथा जोडी दौड, आमा… पुरा पढौ

पोखरामा छैटौ केन्पो काई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी… पुरा पढौ

एमालेमाथि गिद्धेदृिष्ट लगाउने आफै सकिन्छन् स्थायी कमिटी सदस्य अधिकारी

पोखरा १५ असार, नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन नसक्ने ठोकुवा गर्नुभयो । ‘एमाले सिध्याउने कोसिस गर्नेहरु आफै चकनाचुर हुन्छन्, जनताको बहुदलीय जनवादको विचार बोकेको एमालेलाई कसैले भत्काउन सक्दैनन्’ उहाँले भन्नुभयो । यथास्थितिको विरोधी र परिवर्तनका वाहक हुने भएकोले… पुरा पढौ