जिवनशैली पत्रिका

पोखरा महानगरमा उत्कृष्ट करदाता नेपाल मणिपाल दोश्रोमा पोखरा ग्राण्ड

पोखरा, पोखरा महानगरपालिकामा गत बर्ष सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताको रुपमा नेपाल मणिपाल एजुकेशन सम्मानित भएको छ । नेपाल मणिपाल एजुकेशन एण्ड ग्रुपले मालपोत सम्पत्ति कर वापतको ३६ लाख १४ हजार १५ रुपैया कर तिरेको भन्दै महानगरले महानगर स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । त्यसै गरी पोखरा ग्राण्ड प्रा.लि.उत्कृष्ट करदाता मध्य दोश्रो हुन सफल भएको छ । मणिपालले गत बर्ष २१ लाख ८४ हजार १ सय ८६ रुपैया कर तिरेको महानगरले जनाएको छ । त्यसै गरी महेश… पुरा पढौ

फेवाताल संरक्षणमा प्रदेश सरकार अब याक्सनमा जानेः मुख्यमन्त्री पाण्डेको भनाई

दीननाथ बराल,पोखरा, २ पुस पोखराको पर्यटकीय गन्तव्य फेवातालको अस्तित्व र सौन्दर्य जोगाउन प्रदेश सरकार अब याक्सनमा उत्र्रिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण अभियान अन्तर्गत तालको ६५ मिटरभित्र बनेका संरचना हटाउने कार्य अब नीतिगत छलफलमै सीमित नरही प्रत्यक्ष कार्यान्वयनमा जाने स्पष्ट संकेत दिनुभएको छ । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले फेवातालको सीमा निर्धारण टुंगो लागेपछि अब दोस्रो चरणको काम सुरु हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार हटाउने प्रक्रिया सर्वसाधारणबाट… पुरा पढौ

महानगरका माता झ्याउरी, पिता काशीनाथ, सर्वोउत्कृष्ट कर्मचारी हेम प्रसाद, उत्कृष्ट कर्मचारी नवराज, बिदुर सहितका कर्मचारी सम्मानित

दीननाथ बराल,पोखरा २, पुष पोखरा महानगरको ६७ औं स्थापना दिवसको अवसरमा महानगरका ज्येष्ठ नागरिक महानगरका माता पिता को रुपमा सम्मान गरिएको छ। पोखरा–२८ आरुपाटा घर भएकी १०७ वर्षकी झ्याउरी तिमिल्सिनालाई महानगर माता र पोखरा–३२ डाँडाखर्क का १०४ वर्र्षीय काशीनाथ पण्डितलाई महानगर पिताको रूपमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँहरुलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । उहाँहरुको स्वास्थ्यमा रेखदेख गरी महानगरको माता पिताको रुपमा सम्मान गर्ने पोखराका मेयर धनराज आचार्यले… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान

पोखरा, पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा ९(सइई) मा ४ जिपिए अङ्क प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जिपिए अङ्क प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिएको महानगरले जनाएको छ । यस्तै कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइई तर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । कक्षा… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई मणिपालमा छुट

पोखरा, बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एशोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एशोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् । एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलबीच यसबारे सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यहरूलाई स्वास्थ्य सेवाहरूमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । अब एशोसियसनका सदस्यले… पुरा पढौ

पुष २२ गतेदेखि पोखरामा सामुदायिक विद्यालयस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता हुने

पोखरा, १ पुष, सातौँ सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक विद्यालय छात्र–छात्रा भलिबल प्रतियोगिता यही पुष २२ गतेदेखि पोखरामा संचालन हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिबल’ खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सृजना विकास केन्द्रको आयोजनामा तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसअघि सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि सृजना विकास केन्द्रको… पुरा पढौ

हिसान कास्की स्पोट्र्स मिट पुष ३ गते देखि, ४ हजार विद्यार्थी प्रतिस्पर्धा गर्दै, पावरलिफ्टिङकी शर्मिला नगद सहित सम्मानित हुने

पोखरा, पौष १, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा यही पुष ३ गतेदेखि पोखरामा १८ औं हिसान स्पोर्टस मिट सुरु हुने भएको छ । १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयाचचेजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । औपचारिक उद्घाटन भने पौष ४ गते हुने भएको छ । प्रतियोगितामा धेरै टिम सहभागि भएका कारण एक दिन अघि अनौपचारिक रुपमा खेलहरु सुरु हुने… पुरा पढौ

पोखरामा आधुनिक (बिद्युतीय) शवदाह गृह निर्माण भएको दुई बर्षदेखि संचालनमा आउन सकेन

दीननाथ बराल, पोखरा, १, पुष, पोखरा १० रामघाटमा निर्माण भएको आधुनिक (बिद्युतीय) शवदाह गृह विगत दुर्ई बर्षदेखि अलपत्र अबस्थामा रहेको छ । करिब १४ करोड १३ लाख ५० हजार लागतमा दुई बर्ष अघि निर्माण सम्पन्न भएपनि हालसम्म त्यसको प्रयोग नहुँदा अलपत्र अबस्थामा रहेको स्थानियले गुनासो गरेका छन् । पोखरामा दुई बर्ष अघि निर्माण कार्य सम्पन्न भएको विद्युतीय शवदाह गृह हालसम्म संचालनमा नआउदा अलपत्र अबस्थामा रहेको पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले बताए । पोखराको रामघाटमा निर्माण… पुरा पढौ

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा १, पुष, १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ… पुरा पढौ