जिवनशैली पत्रिका

आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने गायिका नितु पौडेलको निधन

काठमाडौं, कात्तिक ७, आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। गत शनिबार दिउँसो अनामनगरस्थित एक रेकर्डिङ स्टुडियोमा पौडेलले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्कालै उद्धार गरी उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको थियो।यस घटनापछि प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो।… पुरा पढौ

१५ देशका एक सय पर्यटकलाई सप्तरंगी टिका लगाउदै पोखरामा भाइटिका महोत्सव मनाइयो (भिडियो सहित)

पोखरा ६ कात्तिक, पर्यटनको राजधानि पोखरामा होटल संघ पोखरा नेपालले विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकलाई नेपाली परम्परा अनुसार सप्तरंगी टिका लगाउदै भाईटिका महोत्सव निकै हर्स र उल्लाहासका साथ मनाएको छ । https://www.youtube.com/watch?v=UP5vyXnr48o महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले दाबी गरे । संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै… पुरा पढौ

प्रदेश प्रमुखद्वारा नेपाल संवत् ११४६ को शुभकामना

पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । नेपाल संवत् ११४६ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् भनी कामना गर्नुभएको हो । प्रदेश प्रमुख भट्टको सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । उहाँले सन्देशमा भन्नुभएको छ– “नेपाल संवतले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र… पुरा पढौ

पोखरामा देउसी भैलोको रौनकः (फोटो भिडियो सहित)

दीननाथ बराल पोखरा ५, कार्तिक तिहार पर्वको अवसरमा पोखरामा देउसी भैलो खेल्नेको भिडभाड भएको छ । पोखराको लेकसाइड क्षेत्रमा विभिन्न गितमा नेपाली परम्परा देखि आधुनिक एवं पश्चिमा शैलिमा समेत नृत्य प्रर्दशन गरिएको छ । https://www.youtube.com/watch?v=04Hss5kJJSk पुरा पढौ

सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने, यस बर्ष देउसी भैलो स्थगित

पोखरा, ३ कात्तिक, सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए । DCIM\101MEDIA\DJI_0042.JPG तिहारमा हरेक वर्ष आयोजित हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्युटमा उक्त कार्यक्रम हुने भएको छ । जसमा स्थानीय कलाकारहरुले… पुरा पढौ

पोखराका बजारमा चहल पहल बढ्दो, देउसी भैलो खेल्न सुरु, बेलुका १०ः०० बजेसम्म देउसी भैलो खेल्न अनुमति

दीननाथ बराल, पोखरा, २ कार्तिक, तिहार पर्व सुरु भएसँगै पोखराका बजार क्षेत्रहरूमा चहल पहल ह्वात्तै बढेको छ । तिहार पर्व सुरुभएसंगै बजारमा किनमेल गर्नेहरूको भिडभाडले बजारमा चहल पहल ह्वातै बढेको व्यवसायीहरुले बताउनु हुन्छ । महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, पार्दीबिरौटा, बगर, रामबजार, छोरेपाटन, लामाचौर, न्यूरोड, नयाँबजार, सिद्धार्थचोक र पालिखेचोक लगायतका मुख्य बजार क्षेत्रहरूमा उपभोक्ताको घुइँचो लागेको छ । तिहारका लागि आवश्यक सामग्री, भाइटीका मसला, सरसामान र सजावटका वस्तु किन्नेहरूको भीडले बजार क्षेत्र गुलजार बनेको छ । काग तिहारदेखि नै बजारमा गतिविधि बढेको… पुरा पढौ

पोखराको अनदु जंगलमा जर्मनी नागरिक माथि खुकुरी देखाउदै हातपात गर्ने दुई जना युवा पक्राउ

दीननाथ बराल,पोखरा, २ कार्तिक, पोखरा २२ को अनदुको जंगलमा जर्मनी नागरिक (पर्यटक) माथि खुकुरी देखाउँदै हातपात गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । आज (आइतबार) बिहान करिब ९ः१० बजे पोखरा महानगरपालिका–२२, अनदु जंगल नजिक सार्वजनिक स्थानमा जर्मनी नागरिक ६७ वर्षीय एएनएस पिटर मार्टिनमाथि खुकुरी देखाउदै हातपात सहित दुव्यवहार गरेको आरोपमा दुई जना युवालाई पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पक्राउ परेकामध्ये कास्की माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँ व्यास नगरपालिका–५ का २१… पुरा पढौ

आजबाट तिहार पर्वको रौनक सुरु, आज काग तिहार मनाइँदै

पोखरा, पाँचदिने यमपञ्चक — तिहारको सुरुको दिन आज (आइतबार) काग तिहारका रूपमा देशभर मनाइँदैछ । खुशी, सम्झना र कृतज्ञताको प्रतीक यो पर्व आज कागलाई पूजा गरी मिठा मिठा खानेकुरा दिदै यो पर्व मनाइने गरिन्छ । शास्त्रअनुसार कागलाई मृत्युकै सन्देशवाहकका रूपमा मानिन्छ । पुरानो विश्वासअनुसार, कागले घरमा हुने शुभ–अशुभ घटनाको खबर ल्याउने भएकाले आजको दिन कागको आदर र सम्मानका साथ पूजा गरिन्छ, ताकि घरमा दुःखका खबर नआओस् र शुभ समाचारले मात्र भरियोस् भन्ने कामना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका… पुरा पढौ

पोखरामा सयपत्री फूलको बिक्रि केन्द्र सहित मुल्य निर्धारण, कार्तिक ३ गतेदेखि बिक्रि केन्द्रमा प्रति थुंगा २ देखि ५ रुपैया र प्रति माला १०० देखि १५० मै

दीननाथ बराल, पोखरा २, कार्तिक, पोखरा महानगरपालिकाले फूलै फूलको पर्व तिहार पर्वलाई लक्षित गर्दै स्थानीय सयपत्री फूलको मूल्य निर्धारण गरेको छ । महानगरले सरोकारवालाहरूसँगको छलफलपछि फूलको ग्रेडिङ अनुसार मूल्य तोक्नुका साथै बिक्री केन्द्रहरू समेत निर्धारण गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकृत सयपत्री फूलको मूल्य तोकिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । ‘ए’ ग्रेडका फूल (१५–२० ग्राम) प्रति थुंगा रु ५, प्रति माला रु १५० र प्रतिकेजी रु ३०० देखि… पुरा पढौ

टान गण्डकीद्वारा चुमनुब्री गाउँपालिकाका अध्यक्षको स्वागत तथा मनास्लु पदमार्ग सम्बन्धी छलफल

पोखरा, १, कार्तिक,ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले शुक्रबार एक विशेष स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै गोरखा जिल्लास्थित चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई संस्थाको कार्यालय शान्तिपाटन, पोखरामा स्वागत गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनका समसामयिक विषयहरू, विशेषगरी मनास्लु पदमार्गमा पर्यटन विकासका सम्भावना, चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। विदेशी तथा स्वदेशी पर्यटकहरूलाई मनास्लु क्षेत्रमा भ्रमणका लागि आवश्यक जानकारी अभाव भएको र त्यहाँ खटिने पथप्रदर्शकहरूले समेत पर्याप्त ज्ञानका साथ पर्यटक डुलाउन नसकिरहेको समस्या। मनास्लु क्षेत्रमा सञ्चालित होटल… पुरा पढौ