महानगरका माता झ्याउरी, पिता काशीनाथ, सर्वोउत्कृष्ट कर्मचारी हेम प्रसाद, उत्कृष्ट कर्मचारी नवराज, बिदुर सहितका कर्मचारी सम्मानित

-


     पोखरा क्लिक     
     पौष २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २, पुष

पोखरा महानगरको ६७ औं स्थापना दिवसको अवसरमा महानगरका ज्येष्ठ नागरिक महानगरका माता पिता को रुपमा सम्मान गरिएको छ। पोखरा–२८ आरुपाटा घर भएकी १०७ वर्षकी झ्याउरी तिमिल्सिनालाई महानगर माता र पोखरा–३२ डाँडाखर्क का १०४ वर्र्षीय काशीनाथ पण्डितलाई महानगर पिताको रूपमा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँहरुलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । उहाँहरुको स्वास्थ्यमा रेखदेख गरी महानगरको माता पिताको रुपमा सम्मान गर्ने पोखराका मेयर धनराज आचार्यले बताउनु भयो ।

आचार्य सर्वोत्कृष्ट कर्मचारी

महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारीको रूपमा शिक्षा महाशाखा प्रमुख (उपसचिव) हेमप्रसाद आचार्यलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट कर्मचारी र कर्तव्य निष्ठ कर्मचारी गरि १० जना, महानगरपालिकाका ३३ वटै वडाहरु मध्येबाट सरसफाइमा उत्कृष्ट तीन वडा, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालयलाई समेत पुरस्कृत एवं सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीको रुपमा पोखरा २६ पाचौ तहका कर्मचारी नवराज सापकोटा, पोखरा २२ को स्वास्थ्य चौकीका सि अहेब विदुर रेग्मी सहितका कर्मचारी सम्मानित हुनु भएको हो । उहाँहरुलाई सम्मान पत्रको साथमा ३५ हजार नगद समेत रहेको छ ।

त्यसै गरी कर्तव्य निष्ठ कर्मचारीको रुपमा ई.स्ुमन पराजुली, सरिता बाँस्तोला, देउकी कार्की, गोविन्द राई र टिकाप्रसाद रिमाल रहनु भएको छ । त्यसै गरी उत्कृष्टक कर्मचारीको रुपमा दिपेन्द्र पण्डित, कृष्ण प्रसाद गौतम, सत्यदेवि अधिकारी सम्मानित हुनु भएको हो । कर्तव्य निष्ट कर्मचारी सम्मानमा २५ हजार नगद समेत रहेको प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले पोखराक्लिकलाई बताउनु भयो ।