२२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने
पोखरा १३, मंसिर नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव…
पुरा पढौ
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पोखरा १३, मंसिर गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पश्चिम पृतना हेडक्वाटरका पृतनापति, कास्कीका प्रमुख जिल्ला अधिकारी, ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी वल नेपाल नं।…
पुरा पढौ
केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट स् कोशी प्रदेशको सान्त्वना जित
पोखरा १३, मंसिर पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७।४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक…
पुरा पढौ
तनहुँमा बस दुर्घटना दुई जनाको मृत्यु
तनहुँ १३, मंसिर धरानबाट पोखरा आउदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका २४ वर्षका हस्त राई र ठेगाना नखुलेका ५० वर्षका टोपबहादुर मगर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिप कुमार हुमागाइँले बताए । उक्त दुर्घटनामा परी गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ । धरानबाट पोखरा आउँदै गरेको ग१ख…
पुरा पढौ
पोखराको राष्ट्रिय मा.वि.को हीरक जयन्ती, मंसिर २० मा प्रभातफेरी सहित शुभारम्भ हुने
दीननाथ बराल पोखरा १२, मंसिर पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा यस बर्ष हीरक जयन्ती मनाउने तयारी गरेको छ । पोखरा १ पुरानो टुँडिखेलमा रहेको बिद्यालय यही मंसिर २० प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु गरिने भएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बिक्रम राणाले बताउनु भयो । प्रभातफेरी…
पुरा पढौ
पोखराको सडक छेउमा रुख काट्नेलाई जरीवाना
डि.एन.बी. पोखरा १२, मंसिर शुन्दर नगरी पोखराको सडक छेउमा आफु खुसि रुख काट्ने केही पसल माथि जरिवाना सहित कार्वाही गरिएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना सहित कार्वाही गरिएको पोखरा महानगरले जनाएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको पोखराका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले एटुजेडलाई बताउनुभयो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका…
पुरा पढौ
पोखरामा ६० प्रतिशत होटल अकुपेन्सि
डि.एन.बी. पोखरा १२, मंसिर पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि रहेको छ । पोखरामा हाल करिब ६० प्रतिशत होटल अकुपेन्सि रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ४० प्रतिशत भारतीय सहितको विदेशी पर्यटक पोखरामा समग्र ६० प्रतिशत होटल अकुपेन्सि भएको अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । नेपालीहरुका महान पर्व दशैं तथा तिहार, छठ जस्ता पर्व सकिए पनि हाल पोखरा क्षेत्रमा पर्यटकहरुको चहल पहल भएको उहाँले जनाउनु भयो । दशैं अघिसम्म…
पुरा पढौ
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन
पोखरा १२, मंसिर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति सदस्य रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गरिसकेको छ ।…
पुरा पढौ
व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउन बस्तुगत संघहरुको प्रतिवद्धता
पोखरा, १२ मंसिर पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो । पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेको छ भने पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गर्ने जिम्मेवारी लिएका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित रहेको आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले…
पुरा पढौ
पोखरामा आइटीएफ जे–३० टेनिस जारी
पोखरा, १२ मंसिर कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिला तर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले…
पुरा पढौ

