डि.एन.बी.
पोखरा १२, मंसिर
पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि रहेको छ । पोखरामा हाल करिब ६० प्रतिशत होटल अकुपेन्सि रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।
यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ४० प्रतिशत भारतीय सहितको विदेशी पर्यटक पोखरामा समग्र ६० प्रतिशत होटल अकुपेन्सि भएको अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । नेपालीहरुका महान पर्व दशैं तथा तिहार, छठ जस्ता पर्व सकिए पनि हाल पोखरा क्षेत्रमा पर्यटकहरुको चहल पहल भएको उहाँले जनाउनु भयो ।
दशैं अघिसम्म टे«किङ जाने पर्यटकहरुको सख्या केही बृद्धि भए पनि दशैंको टिकाको भोलिपल्ट देखि आन्तरिक पर्यटकको उत्साहजनक रुपमा सहभागिता रहेको अध्यक्ष सुवेदीले बताउनु भयो । काठमाण्डौं, चितवन, धरान, वुटवल लगायतका क्षेत्रबाट आन्तरिक पर्यटक पोखरामा आगमन भएको उहाँले जनाउनु भयो । संघमा करिब ४ सय पर्यटकीय स्तरका होटलहरु रहेका छन भने करिब २ सय होटल संघ भन्दा बाहिर रहेका छन्।
हिउदको समय सुरु भएसंगै शैक्षिक भ्रमणमा आउने तथा पोखरामा केही दिनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलकुद गतिविधि भएको हुनाले पनि पोखराको पर्यटन आगमनमा हाल उत्साहजनक रुपमा रहेको उहाँले जनाउनु भयो । केही क्षेत्रबाट शैक्षिक भ्रमणमा पोखरा आउनेहरुको समेत उत्तिकै उत्साहजनक सहभागिता रहेको छ ।