जिवनशैली पत्रिका

गण्डकी प्रदेशमा २ अर्ब ९४ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा २, असार, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले महत्वकाक्षि बजेट ल्याउदा दुर्घटना हुन सक्छ भएकोले आफुहरुले इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको छ । प्रदेशको बजेट ल्याएको भोलिपल्ट आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस बर्ष निकै हतारमा महत्वकाक्षि भन्दा पनि इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको हो । करिब डेढ बर्षको अन्तरालमा ४ पटक सरकार परिवर्तन हुँदा यस पाली आफुहरुले ५ दिनको तयारीमा बजेट ल्याउनु परेकोले जनताले अपेक्षा गरेअनुसार ल्याउन नसके पनि सन्तोसजनक बजेट… पुरा पढौ

भरतपोखरीको प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह

असार २ ,पोखरा, लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेललेजिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट स् कास्की र तनहुँको लगातार जित

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो । पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८।५ ओभरमा १० विकेट गुमाउँदै… पुरा पढौ

‘शिक्षासँगै संगीत’लाई लैजान पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण हुने

पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी… पुरा पढौ

अल्फाबोर्डिङ स्कुलमा लिटरेचर फेस्टिभल

पोखरा( १६,लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले शुक्रबार आफ्नै विद्यालय प्राङ्गणमा लिटरेचर फेस्टिभल सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विभिन्न सर्जकहरुको उपस्थिति रहेको थियो । साहित्यकार तथा लेखक‘भूपिन’ साहित्य क्षेत्रकै अर्को नक्षत्र गणेश पौडेल, संस्कृतिकर्मी सुनिलउलक, लेखकतिर्थ गुरुङतथा साहित्य अनुरागी त्रिवेणीको अन्तरक्रियात्मक प्रस्तुति रहेको थियो । विद्यार्थीहरुलाई सांस्कृतिकतथा साहित्यिक महत्त्वका विषयमा उत्प्रेरित गर्दै शैक्षिक क्रियाकलापमा अग्रसर तुल्याउन उक्त कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले साहित्यकर्मीहरुसँग सक्रिय रुपमा अन्तरक्रिया तथा भलाकुसारी गर्ने अवसर… पुरा पढौ

पचभैयाँको शिविरमा तीन सयको सित्तैमा जाँच

नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखा वेगनासको आयोजना र युआरएल शिशुवाको प्राविधिक सहयोगमा पचभैयाँमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको युरिक एसिड र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा रामकृष्ण गिरीले वाथ रोग लाग्नुका कारण, लक्षण, उपचार प्रक्रिया आदिबारे प्रकाश पारे । उनले उनले बाथ रोगलाई बेवास्ता गरेकुँजिने, अपांगता हुने सक्ने र जीवन निकै कष्टकर बन्ने औंल्याए । डा गिरीले… पुरा पढौ

‘अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु

पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको वडा न।२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न।१ बगरले विजय सुरुवात गरेको छ । खेलको ३४ औं मिनेटमा वडा नं १ बगरका राजु तामाङले पहिलो गोल गरे ।… पुरा पढौ

पोखरामा सिटि बस पार्क र लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्छः मन्त्री थापा

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा सिटि बस पार्क र पोखरा ३२ मा पर्ने लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्ने बताउनु भएको छ । पोखरा ९ मा रहेको सहारा बाल आधारभूत बिद्यालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई ज्ञापन एवं बिद्यार्थीहरुलाई ट्याकसुट वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरामा व्यबस्थित बसपार्क आवश्यक भएको बताउदै पोखरा पृथ्बीचोकमा सिटि बसपार्क र पोखरा ३२ को लामेआहालमा भने क्षेत्रिय स्तरकै बसपार्क बनाउनु पर्ने आवश्यक भएको बताउनु भएको… पुरा पढौ

गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको देवकोटाको सांसद पदबाट मुक्त, अदालत जाने देवकोटाको तयारी

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको फडिन्द्र देवकोटाको सांसद पदबाट मुक्त हुनु भएको छ । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै देवकोटाको पद मुक्त भएको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठकमा सूचना सूनाउनु भयो । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७ अनुसार… पुरा पढौ