जिवनशैली पत्रिका

‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन

पोखरा, १८ असोज, पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ । गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई२–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो । कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले समान १ गोल गरे भने चाउँथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए । च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद रु ६० हजार, शिल्ड तथा प्रमाणपत्र… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त

पोखरा १८, असोज, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंरविजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ… पुरा पढौ

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू

पोखरा १८, असोज, मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले… पुरा पढौ

पोखरा सौराहमा अत्याधुनिक सुबिधा भएको बस सेवा सुरु

पोखरा १७, असोज, दशैं पर्वको अवसरमा पोखरा देखि सौराहासम्म सोफा एसी बस सञ्चालनमा आएको छ । अत्याधुनिक सुविधा भएको उक्त बस पोखराको पर्यटन बसपार्कबाट बिहान ७ः३० बजे र सौराहाबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनु भयो । सुबिधा युक्त २५ सिट भएको उक्त बस असोज १७ गते घटनस्थापनाका दिन देखी बस सेवा सञ्चालन भएको उहाँले जनाउनु भयो । यात्रुको सुविधालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न बस पोखरा–नारायणगढ रुटमा संचालन गरिएको अध्यक्ष केसीले जनाउनु भयो… पुरा पढौ

गण्डकी प्रदेश सरकारले बाढी पहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

पोखरा १७, असोज, गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ ।‘विपद्का कारण काठमाडौँ उपत्यका सहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो… पुरा पढौ

अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा, १७ असोज, पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ ।युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् ।उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे । सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे । यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास… पुरा पढौ

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा, असोज १७ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे । लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो… पुरा पढौ

इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

पोखरा १७, असोज, गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो । गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई… पुरा पढौ

पोखरामा भोलि विहान ४ः३० देखि नै हवाई उडान हुने

पोखरा १६, असोज पोखरामा भोलि विहान (विहिबार ) देखि ४ः३० देखि नै हवाई उडान हुने भएको छ । नेपालीहरुको महान चार्ड बडा दशैं पर्व नजिकीदै गर्दा हवाई यात्रामा यात्रुको माग र चाप बढेकोले भोलि देखि पोखरा देखि काठमाण्डौंको हवाई उठान विहान ४ः३० बजे देखि गर्न सकिने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना… पुरा पढौ

पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्ष

पोखरा, १६ असोज जिल्ला ट्राफिक कार्यालय कास्कीको पहलमा पोखराको विन्ध्यवासीनी वसपार्कमा यात्रु सहायता कक्षा राखिएको छ । जिल्ला प्रशाशन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष राखिएको हो । वडा प्रहरी कार्यालय वगर र अस्थायी ट्राफिक पोष्ट वगरको निगरानिमा रहने उक्त यात्रु सहायता कक्ष चाड पर्वलाई लक्षित गरेर राखिएको हो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज… पुरा पढौ