बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते । पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेश्रो भए । गल्र्स सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११–९, ४–११, ११–५ र १३–११ को सेटमा हराइन् । बागमतीकाद्वय सुरम्य…
पुरा पढौ