जिवनशैली पत्रिका

ठाकुर युआरएल अध्यक्ष

पोखरा, २२ असोज, गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा… पुरा पढौ

क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

पोखरा २१ असोज, क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित विधि पुर्वक महाआरती गर्ने भएको छ। ऐतिहासिक स्थल बाटुलेचौरमा रहेका चण्डिका, कालिका र अम्बिका मन्दिरमा असोज २४ गते फुलपातीका दिनदेखि विहान कलश यात्रा सहित शुभकामना आदानप्रदान र चियापान गरिने र साँझ महाआरती गर्ने गरी तयारी तीव्र पारिएको सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डिका मन्दिरबाट सुरु भई, गणेश मन्दिर, अम्बिका मन्दिर,राजपँधेरा हुदै कालिका मन्दिरमा पुगेर… पुरा पढौ

पठन संस्कृतिको बिकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने मन्त्री भट्टराईको दाबी

असोज २१, शठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । सो क्रममा सोमबार सो मन्त्रालयले मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसंग अन्तरक्रीया कार्यक्रम गर्यो। कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गर्नुभयो । पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाब सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई… पुरा पढौ

चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु

पोखरा, असोज १९, पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो । असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए ।… पुरा पढौ

सामुदायिक र निजि विद्यालयको अधिकार समान – प्रदेश प्रमुख भट्ट, एन प्याव्सन कास्कीको साधारण सभा

पोखरा, २० असोज गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक विद्यालय र निजि विद्यालयको अधिकार समान हुनु पर्ने बताउनुभएको छ । नेशल प्याव्सन कास्कीको आइतबार सम्पन्न २६ औं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले समान अधिकारका लागि आवज उठाउन आग्रह गर्नुभयो । ‘अव छिट्टै नै शिक्षा सम्वन्धि नयाँ कानुन आउदैछ’ भट्टले भन्नुभयो, ‘कानुन वन्ने वेलामानै तपाईहरु तात्नु पर्ने वेला आएको छ ।’ निजी विद्यालयकै अथक मेहनेतले रिजल्ट राम्रो आएको उहाँको भनाई थियो ।… पुरा पढौ

पठाओ वार्षिक सम्मानमा ३९  जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

पठाओ नेपालले पठाओ दशैँ महोत्सव २०८१ तथा वार्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँमा ‘पठाओ वार्षिक सम्मान कार्यक्रम २०८१’  आयोजना गर्दै पठाओले पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले बताए । मानिसको दैनिकी तथा जीवनयापनमा सहज बनाएको भन्दै पठाओलाई विभिन्न व्यक्तित्वहरू मार्फत धन्यवाद आइरहेको उनले बताए । उनले यसको सबै श्रेय आफ्ना मेहनती तथा लगनशील चालक, क्याप्टेन तथा हिरोहरुलाई जाने… पुरा पढौ

लायन्स पोखरा चौतारी सहित चार क्लबको संयुक्त पदस्थापन

पोखरा २०, असोज लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ । शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी, न्युरोड चौतारी, सुन्दर चौतारी र लियो क्लव अफ पोखरा चौतारीका वर्ष २०२४÷०२५ का नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले ४ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएकी थिइन । गभर्नर थापाले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा… पुरा पढौ

सेतीमदीको १४ औ वार्षिक साधारण सभा

पोखरा २०, असोज पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद… पुरा पढौ

पोखरामा पहिलो पटक व्युटी तथा कस्मेटोलोजीको पढाइ हुने तयारी

पोखरा १९, असोज पर्यटकीय नगरी पोखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो । गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीसँग सहकार्य गरेर सीपमूलक शिक्षा प्रदान गर्न लागेको हो । यो कार्यक्रम नेपालमा नौलो हुने संस्थाका अध्यक्ष ध्रुव शर्माले बताए । यो विषयमा छालाको हेरचाह, सौर्न्दर्य, मसाज, नङको हेरचाह, मेकअप, मसाज, थेरापीलगायतमा पढाइ हुने अध्यक्ष शर्माले जानकारी दिए । अहिले नेपाली विद्यार्थी ब्युटी… पुरा पढौ

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

काठमाडौँ १९, असोज, अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए… पुरा पढौ