पोखरामा सुरु भयो एमएडब्लु वृद्धि‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

-


     पोखरा क्लिक     
     असाेज १५ गते २०८१ मा प्रकाशित


पोखरा, १५ असोज,

दिपल, सेरेस र नामीइभीको नेपालीवितरक एमएडब्लु वृद्धिले पोखरामा‘एक्सचेन्जतथा टेस्ट ड्राइभ क्याम्प’सुरु गरेको छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मासोमबारबाट सुरु ‘एक्सचेन्जतथा टेस्ट ड्राइभ क्याम्प’बुधबारसम्म चल्नेछ ।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्जइभेन्ट’को अवधिमाग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमाजारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्ययानि७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामीइभीमा७किलोवाटको चार्जर पाउनुहुनेछ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमाआकर्षक उपहार पाउनुहुनेछ । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’पनिलिन सक्नुहुनेछ । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागीहुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउनुहुनेछ । यीअफरहरुबाहेक एक्सचेन्ज क्याम्पमाआएर टेस्ट ड्राइभ गर्नुहुनेले ‘फुडस्टल’ र ‘म्युजिक’को मज्जालिन सक्नुहुनेछ ।